तेस्रो एभरग्रिन कप सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १७ साउन ।
बेनीमा मंगलबारदेखि खुल्ला तेस्रो एभरग्रिन कप सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ ।
एभरग्रीन युवा क्लबको आयोजनामा साउन २१ गतेसम्म बेनी स्थित खुलामञ्चमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौ, पोखरा, बागलुङ र म्याग्दीका ४२ समूहको सहभागीता रहेको छ ।IMG_0699प्रतियोगिताको उद्घाटन गर्नुहुदै बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले खेलकुदको विकासका लागि पूर्वाधार निर्माणलाई जोड दिइएको बताउनुभयो । उहाँले बेनीको खुल्ला मञ्चलाई विस्तार र व्यवस्थीत गर्न प्राथमिकताका साथ बजेट बिनियोजन भएको जानकारी दिनुभयो ।

कार्यक्रममा धौलागिरी गाउँपालीकाका उपाध्यक्ष रेशम छन्त्याल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, बेनपा ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र ८ का अध्यक्ष रामकृष्ण बराईलीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

हरेक समुहमा ७ जना खेलाडीहरु रहने प्रतियोगितामा बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश ८० हजार र ४५ हजार रुपैया नगद पुरस्कार प्रदान गरिने एभरग्रिन युवा कल्वका अध्यक्ष ललित पुर्जाले बताउनुभयो ।

अनुशासित टिमलाई १० हजार, उत्कृष्ट टिम परिचालनलाई पाँच हजार, र वेष्ट ड्रेस टिमलाई ३ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धरा पुरस्कृत गरिनेछ । त्यसैगरि उत्कृष्ट गोलरक्षक, स्ट्राइकर, ,खेलाडी, डिफेन्डर र सर्वाधिक गोलकर्तालाई जनही नगद ३ हजार रुपैया ट्रफि, मेडल र प्रमाणपत्रद्धारा प्रदान गरिने कल्वले जनाएको छ ।

प्रतियोगिता सञ्चालनको लागि करिब नौ लाख ३० हजार रुपैया खर्च लाग्ने अनुमान गरिएको आर्थिक संयोजक किसान कार्कीले बताउनुभयो । सामाजीक रुपान्तरण हाम्रो अभियान भन्ने नाराका साथ स्थापना भएको क्लबले तीन बर्षदेखि लगातार बेनीमा हरेक बर्ष सेभेन ए साईड कप फुटवल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।