बेनीमा वौद्ध कप फुटबल प्रतियोगिताको तयारी तिव्र

विकल्प न्यूज/बेनी
साउन ३ गते ।
बेनीमा आगामी असोज पहिलो हप्ता तेस्रो वौद्ध कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

बेनी नगरपालिका ७ मंगलाघाटमा रहेको वौद्ध युवा क्लबले असोज १ देखि ५ गतेसम्म बिजयादशमी पर्वको अवसर पारेर धौलागिरी क्षेत्रमै सर्बाधीक पुरस्कार राशीको प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र सहित एक लाख २५ हजार र सत्तरी हजार रुपैयाँ पुरस्कार दिइने क्लबका खेल संयोजक कृष्ण श्रेष्ठले बताउनुभयो । beniसेमिफाईनलबाट बाहिरीने टिमलाई पन्ध्र हजार र अनुशासित टिमलाई दश हजार रुपैयाँको व्यवस्था गरिएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डरलाई छ छ हजार नगद सहित प्रदानपत्र प्रदान गरिने क्लबले जनाएको छ ।

प्रतियोगिता सञ्चालन गर्न ३० लाख २२ हजार रुपैयाँ आम्दानी र २५ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको संयोजक श्रेष्ठले बताउनुभयो । स्थानीय स्तरका खेल प्रतिभाको पहिचान गरि उनीहरुलाई राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष बिजय किसानले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रायोजक खोजी, आर्थिक संकलन, प्रचारप्रसारको काम सुरु भएको छ । क्लब संस्थापक सदस्य सचिन चौधरीले प्रतियोगिता जिल्लाकै गौरब भएकाले सवैले सहयोग गर्नुपर्ने बताउनुभयो । अगुवा सुवासकुमार श्रेष्ठले युवाहरुलाई सिर्जनात्मक र रचनात्मक क्रियाकलापमा संलग्न गराई बिकृतीबाट टाढा राख्नुपर्ने बताउनुभयो ।

उहाँले लागु औषधि दुब्र्यसनी र सामाजिक विकृती न्युनीकरणका लागि युवा क्लबले सक्रिया भुमिका निभाउन आग्रह गर्नुभयो । वौद्ध युवा कल्वले खेलकुद प्रतियोगिता सञ्चालनसंगै, सार्वजनिक स्थलको सरसफाई, वृक्षारोपण, रक्तदान र कला संस्कृती संरक्षण सम्बन्धि कार्यक्रम गर्दै आएको छ ।