सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १५ असोज ।
बेनीमा शनिबारदेखि दोस्रो कालीपुल युनाईटेड कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
कालीपुल युनाईटेड क्लबले बडादसै पर्वको अवसरमा आयोजना गरेको प्रतियोगितामा २६ टिमको सहभागिता रहेको छ । ५ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश एक लाख ११ हजार १११ र ६६ हजार ६६६ रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् ।सेमीफाईनलमा पुग्ने दुई टिमलाई ११ हजार १११ रुपैया उपलब्ध गराइने आयोजकले जनाएका छन् । प्रतियोगिता सञ्चालन गर्न आठ लाख ७५ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ । प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणाका साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, डिफेण्डर, मिडफिल्डर र गोलकिपर छनौट गरि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन गर्नुहुदै पहिलो राष्ट्रिय पञ्चायतका सदस्य बलमान पुनले जिल्लाको विकासका लागि अनुकुल वातावरण बनेकाले सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले जिल्ला स्तरमा आयोजना हुने प्रतियोगितामा खेलाडीले प्रतिभा प्रस्फुटन गर्ने अवसर पाएको बताउदै उनिहरुलाई राष्द्रिय स्तरसम्म पु¥याउन समितिले पहल गर्ने बताउनुभयो ।
उद्घाटन खेलमा आयोजक क्लबको निलो समूहले क्याम्पसचोक बिलाई १ का विरुद्ध बिच भएको ५ गोल गर्दै बिजयी सुरुवात गरेको छ । कालीपुलका ब्याक मिडफिल्डर म्यान अफ द म्याच भएका छन् । क्लबका अध्यक्ष सन्तोष तिलीजाको अध्यक्षता, उपाध्यक्ष राजु छन्त्यालको स्वागत तथा सोनिया पुन र देव छन्त्यालको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।