बिजनेस
भुपु सैनिक सहकारीद्धारा ४ जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान

विकल्प न्यूज/बेनी पुस १३ गते । सदरमुकाम बेनीमा सञ्चालित भुपु सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ४ जना विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरेको छ । सहकारीको १३ औं वार्षिक साधारणसभाका अवसरमा शनिवार अनाथ,अशक्त र जेहेन्दार विद्यार्थीहरुलाई जनही सातहजार पाँचसयका दरले छात्रबृत्ती प्रदान गरेको हो । म्याग्दी बहुमुखी क्याम्पसका सोमप्रसाद सापकोटा, विशेष केसी, रघुगंगा गाउँपालिका ६ अमर […]
रात्रिबसमा परिचारिका

घनश्याम खड्का /बेनी पुस १० गते । रात्रिबसमा महिला कर्मचारीले चिया–कफी र पानी सोध्छिन् । ल्याइदिन्छिन् । यात्रा बसकै हो १ बेनी–काठमाडौं बसमा दुइटी साहसिला र स्वावलम्बी परिचारिका छन् ।अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार घर भई राजधानीको त्रिचन्द्र कलेजमा बीएस्सी दोस्रो वर्षकी छात्रा कुसुम राना र बेनीको माउन्ट एभरेस्ट माविबाट १२ कक्षा उत्तीर्ण अन्नपूर्ण–१, दोबाकी राशु राम्जाली । सार्वजनिक यातायातमा थोत्रा […]
म्याग्दीकाली सञ्चार सहकारीको एघारौं साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी मंसिर ६ गते । बेनीमा सञ्चालित म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा विहिवार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहँुदै जिल्ला समन्वय समितिका म्याग्दीका प्रमुख देबेन्द्रबहादुर केसीले सामाजिक परिवर्तन, शुसासन र दिगो विकासका लागि सञ्चार माध्यमले जागरणमुलक भुमिका निर्वाह गरेको बताउनुभयो । जिल्लामा रहेका स्थानीय सञ्चारमाध्यमहरुको सवलीकरण र पत्रकारहरुको क्षमता वृद्धिका […]
अन्नपूर्ण पदमार्ग : पर्यटक आगमनमा नयाँ रेकर्ड

विकल्प न्यूज/बेनी पुस ४ गते । विश्व प्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्गमा यस वर्ष सर्वाधिक पर्यटकको आगमन भएको छ । गत वर्षको १२ महिनामा आएको भन्दा यसपटक ११ महिनामै बढी पर्यटक भित्रिएका छन् । तथ्यांक लिन थालिएको २२ वर्षको अवधिमा सबैभन्दा बढी चालु वर्ष सन् २०१८ मा २८ हजार ५ सय ३४ पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, […]
नव कालिगण्डकी सहकारीको पौने पाँच करोड लगानी

विकल्प न्यूज/बेनी पुस १ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा सञ्चालित नव कालिगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कृषि,पशुपालन,शैक्षिक,गृह निर्माण,व्यापारिक र वैदेशिक क्षेत्र गरी पौने पाँचकरोड रुपियाँ लगानी गरेको छ । आइतवार पर्वत बेनीमा आयोजित सहकारीको १३ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनमा संस्थाले गत आर्थिक वर्ष २०७४/०७५ मा चार करोड ८९ […]
दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनाको शिलान्यास ः पश्चिम क्षेत्रमा विकासको ढोका खुल्यो

विकल्प न्यूज/बेनी मंसिर २८ गते म्याग्दीको पश्चिम क्षेत्रमा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माण सुरु गरिएको छ । आयोजना निर्माण सुरु गरे सँगै पश्चिम म्याग्दीमा विकासको ढोका खुलेको सरोकारवालाहरुले बताएका छन् । आयोजना निर्माण सुरु भएसँगै स्थानीयवासीहरु उत्साहित भएका छन् । म्याग्दी खोलाबाट विद्युत निकाल्न प्रवासी म्याग्देली र स्थानीयहरुको लगानीमा धौलागिरि कालिका हाइड्रो लिमिटेढले […]
डिभिजन वन कार्यालय म्याग्दीको बजेट सार्वजनिक

विकल्प न्यूज/बेनी मंसिर २४ गते । संघियता कार्यान्वयन सँगै जिल्ला वन कार्यालयलाई विस्थापीत गरेर गण्डकी प्रदेश सरकार मातहत स्थापना भएको डिभिजन वन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७५/०७६ को कार्यक्रम तथा योजना सार्वजनिक गरेको छ । डिभिन वन कार्यालयको तालिम हलमा सरोकारवालाको सहभागितामा संघिय र प्रदेश सरकारबाट प्राप्त भएका कार्यक्रम र योजनाहरु सार्वजनिक गरिएको हो । […]
टोड्केको पर्यटन प्रवद्र्धनमा जुट्यो म्याग्दी जेसीज

विकल्प न्यूज/बेनी मंसिर २२ गते । म्याग्दीको रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के क्षेत्रमा म्याग्दी जेसीजले पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम गरेको छ । जिल्लामा रहेका सम्भावनायुक्त पर्यटकीय स्थलहरुको प्रचार प्रसारको लागि अभियान नै सञ्चालन गरेको जेसीजले शनिवार टोड्केमा ‘पर्यटन प्रबद्र्धनात्मक बोर्ड’ स्थापना गरेको हो । समुन्द्री सतहदेखि २ हजार […]
लोकदिप सहकारीको पाँचौ बार्षिक साधारणसभा

विकल्प न्यूज/बेनी मंसिर २२ गते । सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभाको शनिबार सम्पन्न भएको छ । बेनी नगरपालिका–७ महारानीथानमा आयोजित साधारणसभाका कृषि, पशुपालन तथा अन्य उत्पादनमुखी क्षेत्रमा आर्थिक अवस्था कमजोर भएकाले लगानीमा प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो । साधारणसभाको उद्घाटन गदैं सहकारीका सल्लाहकार नैनकुमार श्रेष्ठले सहकारीको सञ्जालमा पहुँचविहिन […]
न्यू निलगिरी सहकारीको पाँचौ साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी मंसिर २२ गते । सदरमुकाम बेनीबजारमा सञ्चालित न्यू निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्की(विखर्ची) ले सहकारी शिक्षाको अभावमा कतिपय सहकारीहरु दुर्घटनामा परेको बताउनुभयो । सहकारीको ऐन नियमलाई सञ्चालक सदस्यहरुले राम्रोसँग अध्ययन गर्नुपर्नेमा उहाँले […]
बहुमत सदस्यद्वारा निर्माण व्यवसायी संघ म्याग्दीको तर्दथ समिति गठन

विकल्प न्यूज/बेनी मंसिर २१ गते । बहुमत सदस्या द्वारा निर्माण व्यवसायी संघ म्याग्दीको तर्दथ समिति गठन गरिएको छ । शुक्रवार बेनीमा भएको निर्माण व्यवसायीहरुको भेलाले पूर्व अध्यक्ष अमर बहादुर बानियाँको अध्यक्षतामा पाँच सदस्यीय तर्दथ समिति गठन गरेको हो । पछिल्लो समय निर्माण व्यवसायी संघ म्याग्दीमा वर्तमान अध्यक्ष नारायण जिसी र अमर बानियाँ पक्षधर व्यवसायीका विच […]
रुइसे र घोडेपानीमा पूर्वाधार निर्माण गर्न एक करोड

विकल्प न्यूज/बेनी मंसिर २१ गते । संघिय सरकारको पर्यटन मन्त्रालयले हालै घोषणा गरेको देशका एक सय गन्तब्य मध्य जिल्लाका दुई पदमार्ग रुईसे–धौलागिरी आईसफल र घोडेपानी–पुनहिल–महरे पदमार्ग सुधार गर्न ५०–५० लाख रुपैया विनियोजन गरेको छ । ‘पुनहिल–महरे र रुईसे–आईसफल पदमार्गको स्तरबृद्धी गर्ने गरी काम गर्न पर्यटन मन्त्रालयले छुट्टाछुट्टै ५०–५० लाख रुपैयाँ विनियोजन भएको छ’ प्रतिनिधी सभा […]
माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई कम्प्युटर र शैक्षिक सामग्री सहयोग

विकल्प न्यूज/बेनी मंसिर २१ गते । माछापुच्छ्रे बैंक लिमिटेडले बेनी नगरपालिका ८ कालिपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयलाई शुक्रवार कम्प्युटर र शैक्षिक सामाग्री सहयोग गरेको छ । बैंकको सामाजिक कार्यक्रम अन्तरगत एक थान कम्प्युटर र ६ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक,झोला,कपी,कलम,पेन्सिल,ज्यामिती बक्स,इरेजर,कटर लगायत शैक्षिक सामग्री सहयोग गरेको हो । गण्डकी प्रदेशका सांसद बिनोद केसी, बेनी नगरपालिकाका प्रमुख […]
निर्माण व्यवसायी संघ म्याग्दीको विवाद उत्कर्षमा

विकल्प न्यूज/बेनी मंसिर १९ गते । पत्रकार भेटघाटमा असन्तुष्ट व्यवसायीहरु निर्माण व्यवसायी संघ म्याग्दीको विवाद उत्कर्षमा पुगेको छ । दुई खेमामा विभाजन भएका व्यवसायीहरुका बिचको विवाद यतिखेर उत्कर्षमा पुगेको हो । विवाद नमिले पछि दुवै पक्षले विहिवार र शुक्रवार फरक फरक पक्षका व्यवसायीहरुको भेला डाकेका छन् । संघका अध्यक्ष नारायण जिसी र असन्तुष्ट पक्ष निर्वतमान […]
घलेम्दी हाइड्रोको साढे १५ करोडको आईपिओ स्वीकृत

विकल्प न्यूज/बेनी मंसिर १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित घलेम्दीखोला जलविद्युत आयोजना ९न्ज्ी० को १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको आईपिओ धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । मंसिर १६ गते आइतबार कम्पनीले आयोजना प्रभावितका लागि निष्काशन गरेर अवितरित भएको ४ लाख ५५ हजार ७७० कित्ता सहित १५ लाख ५५ हजार ७७० […]