म्याग्दीकाली सञ्चार सहकारीको एघारौं साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी
मंसिर ६ गते । बेनीमा सञ्चालित म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा विहिवार बेनीमा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्नुहँुदै जिल्ला समन्वय समितिका म्याग्दीका प्रमुख देबेन्द्रबहादुर केसीले सामाजिक परिवर्तन, शुसासन र दिगो विकासका लागि सञ्चार माध्यमले जागरणमुलक भुमिका निर्वाह गरेको बताउनुभयो ।
जिल्लामा रहेका स्थानीय सञ्चारमाध्यमहरुको सवलीकरण र पत्रकारहरुको क्षमता वृद्धिका लागि स्थानीय तहले आवश्यक सहयोग गर्नुपर्ने उहाँको भनाई थियो ।

उहाँले जिल्लामा रहेका सञ्चारमाध्यम र पत्रकारहरुले जिल्लाको विकासका लागि खेलेको रचनात्मक भूमिकाको प्रशंसा गर्दै उहाँले स्थानीय तहले सञ्चार क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट (नेकपा) पार्टीका जिल्ला संयन्त्र सदस्य बालकृष्ण सुवेदी,नेपाली काँग्रेसका उपसभापति माधवप्रसाद रेग्मी,प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी,जिल्ला सहकारी संघका अध्यक्ष प्रेम बहादुर काकीं,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य,शेयर सदस्यका तर्फबाट सुवासकुमार श्रेष्ठ ले म्याग्दी काली सञ्चार क्षेत्रले जिल्लाको सञ्चारका क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगमी दिनमा गुणस्तरीय सेवा प्रवाह गर्न सुझाव दिनुभएको थियो ।

कार्यक्रममा उहाँहरुले जिल्लाका सञ्चार माध्यमलाई दिगो रुपमा टिकाउनका लागि सम्बन्धित निकायले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
साधारणसभामा सहकारीका सचिव रामजी प्रसाद सुवेदीले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुविन श्रेष्ठले गत आर्थिक वर्ष २०७४÷०७५ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सरकारको नीति अनुसार केबुल सेवालाई डिजिटिल प्रविधिमा लगिएको र संस्थाको आफ्नै जग्गा खरिद गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । केबुल,इन्टरनेट र रेडियोको गुणस्तर सुधार गर्न संस्थाले ठूलो रकम खर्च गरेको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

साधारणसभामा कोषाध्यक्ष श्रेष्ठले गत आर्थिक वर्ष २०७४÷०७५ मा ९७ लाख ४ हजार सातसय ३९ रुपैयाँ आय र ९० लाख १८ हजार एकसय २७ रुपैयाँ ब्यय विवरण सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले म्याग्दी र पर्वतका विभिन्न वस्तीमा केबुल टिभि विस्तार गरेको छ ।

५४९ जना सदस्यको तिन करोड १६ लाख ८ हजार सातसय रुपैयाँ सेयर पुँजी रहेको संस्थाले केबुल, म्याग्दीकाली एफ एम ८८.२ मेगाहर्ज र ईन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।

संस्थाका अध्यक्ष प्रमोद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष बिजयकुमार श्रेष्ठको स्वागत र सचिव रामजी प्रसाद सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।