ताजा समाचार:
Search

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई कम्प्युटर र शैक्षिक सामग्री सहयोग

विकल्प न्यूज/बेनी
मंसिर २१ गते । 

माछापुच्छ्रे बैंक लिमिटेडले बेनी नगरपालिका ८ कालिपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयलाई शुक्रवार कम्प्युटर र शैक्षिक सामाग्री सहयोग गरेको छ ।  बैंकको सामाजिक कार्यक्रम अन्तरगत एक थान कम्प्युटर र ६ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक,झोला,कपी,कलम,पेन्सिल,ज्यामिती बक्स,इरेजर,कटर लगायत शैक्षिक सामग्री सहयोग गरेको हो ।

गण्डकी प्रदेशका सांसद बिनोद केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, वडाअध्यक्ष रामकृष्ण बराइली, वडा सदस्य हिम भण्डारी र बेनी शाखाका प्रबन्धक श्रीधर ढुङ्गानाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रबहादुर महत र प्रअ सुरेन्द्र केसीलाई कम्प्युटर र शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।

शैक्षिक सामग्री प्राप्त गर्नेहरुमा कक्षा २ का सन्ध्या छन्त्याल, कक्षा ३ का रुपा जुग्जाली, कक्षा ४ का एलिसा थापा, कक्षा ५ का दिपेन छन्त्याल, कक्षा ६ का समिर किसान, कक्षा ७ की सर्मीला वि.क रहेका छन ।शाखा प्रबन्धक ढुङ्गानाको अध्यक्षता, कर्मचारी रामबाबु बरालको सञ्चालन र लक्ष्मण शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा प्रअ सुरेन्द्र केसीले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

सांसद केसी र नगरप्रमुख श्रेष्ठले कम्प्युटर र शैक्षिक सामग्री सहयोगले विद्यालयको प्रशासनिक गतिबिधिका साथै गरिव, विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।