विकल्प न्यूज/बेनी
मंसिर २१ गते ।
बहुमत सदस्या द्वारा निर्माण व्यवसायी संघ म्याग्दीको तर्दथ समिति गठन गरिएको छ । शुक्रवार बेनीमा भएको निर्माण व्यवसायीहरुको भेलाले पूर्व अध्यक्ष अमर बहादुर बानियाँको अध्यक्षतामा पाँच सदस्यीय तर्दथ समिति गठन गरेको हो । पछिल्लो समय निर्माण व्यवसायी संघ म्याग्दीमा वर्तमान अध्यक्ष नारायण जिसी र अमर बानियाँ पक्षधर व्यवसायीका विच विवाद चुलिएको छ ।
समितिमा एकेन्द्रबहादुर रावल, नेत्रबहादुर महत, कृष्णकुमार शेरचन सदस्य छन । भेलामा संस्थापन पक्षको उपस्थिती नभएपनि तदर्थ समितिमा भने अध्यक्ष नारायण जिसीलाई सदस्यमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा जिसी पक्षधर सँगको सहमतिमा जिसीलाई सदस्यमा राखेको बानियाँ पक्षधरको छ ।
समितिको पहिलो बैठकले अधिवेशनको मिती तोक्ने निर्णय भएको छ’ तदर्थ समितिका अध्यक्ष अमर बानियाँले भने, ‘संस्थापन र असन्तुष्ट पक्षको प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भएको सर्वपक्षिय बैठकमा सहमति जुटेपछि बहुमत सदस्य उपस्थित भै भेला आयोजना गरिएको हो ।’ संकटमा परेको संघलाई सहि दिशा दिएर सवै व्यवसायीको साझा चौतरी निर्माण गर्न आफु जुटेको बानियाँले बताउनुभयो ।
संस्थापन पक्षले भने निर्वतमान अध्यक्ष अमर बानियाँको नेतृत्वमा भएको निर्माण ब्यवासायीको भेला अवैध रहेको दावी गरेको छ । साधारण सदस्यसमेत नरहनेगरी काररवार्ही भैसकेका ब्यक्ति संघको नेतृत्व गर्न नसक्ने संस्थापनको दावि छ । ‘यो भेला पूर्णत अवैध छ । पहिलो कुरा, उनीहरु साधारण सदस्य होईनन्, दोस्रो भेला अल्पमतको छ । मेरो चुनौति छ, बहुमत सदस्य देखाउ, मैले पनि स्वीकार गर्छु’ संस्थापनका अध्यक्ष नारायण जिसीले थपे, ‘विपक्षिहरुले जालसाँजीगरी अदालतको म्याद तामेली लुकाएको, सिडिओ कार्यालयको क्षेत्राधिकार बाहिर गै संस्थागत विषयमा अदालतले हस्तक्षेप गर्न नमिल्ने भएकोले अदालतको निर्णय पुनस्विचार गर्न उच्च अदालतमा रिट गरेको छु ।’
उच्च अदालत बाग्लुङ्गले ०७५ मंसिर ४ गते विपक्षी निर्माण ब्यवसायी संघलाई विधानत कार्यासमितिको कार्यकाल समाप्त भएकोले यथासिघ्र साधारण सदस्यहरुको भेलागरी सदस्यहरु मध्यबाट कार्यसमितिको निर्वाचन गर्नु भन्ने आदेश भएपछि असन्तुष्ट पक्ष थप सक्रिय भएको हो । संस्थापन पक्षले भने, अदालतको म्याद विपक्षि गत संघको निर्वाचनमा आफुबाट पराजित भएका गोपाल भट्टचनले बुझी जालसााजी गरी उच्च अदालत बाग्लुङ्गमा गलत जानकारी दिएकोले आफुहरु सवोच्च अदालतमा पुनस्रावेदन गर्ने दावि गरेको छ ।
यता बानियाँ पक्षधरले भने अव संघले नयाँ जिवन पाएको दावी गरेका छन् । बहुमत सदस्यहरुले तर्दथ समिति गठन गरेकाले निकट भविष्यमा नै अधिवेशन गरेर नयाँ कार्यसमिति गठन हुने विश्वास गरेको कृष्ण कुमार शेरचनले बताउनुभयो ।
बर्तमान सदस्यले संघको इज्जतमा आँच आउने काम गरेकाले बहुमत सदस्यले यस्तो कदम चाल्न बाध्य भएको उहाँको भनाई छ ।