समाचार

सडक दुर्घटनामा घाईते विष्णु गुरूङको दम्पत्तीलाई आर्थिक सहयोग

बेनी–दरवाङ सडक अन्तरगत बेनी नगरपालीका–१४ नयाँ पुलमा माईक्रोबस दुर्घटनामा घाईते एक महिलालाई कुमारी बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । दुर्घटनामा घाईते भएकी विष्णु गुरूङको उपचारका लागि १ लाख ७ हजार ५ सय रुपैयाँ परोपकारी संस्था ओमकुमारी शान्ति कोषमार्फत हस्तान्तरण गरेको हो । सहकारीका सञ्चालक, सेयरसदस्यबाट ७७ हजार ५ सय, सहकारीले ३० हजार संकलन […]

संगिनी सहकारीको अध्यक्षमा श्रेष्ठ

बेनीका महिलाहरुको सक्रियतामा सञ्चालन हुँदै आएको सङगीनी बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले साधना श्रष्ठको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको सहकारीले जनाएको छ । सहकारीको उपाध्यक्षमा गौरी थापा मगर,सचिव तेजकुमारी बानियाँ,कोषाध्यक्ष,शर्मिला श्रेष्ठ,सहसचिव नविना थापा रावल रहेका छन् । यसै गरी सदस्यहरुमा भगवती पुर्जा,जानकी विश्वकर्मा,कल्पना […]

प्रहरीकै पोष्ट नजिक यात्रुहरु तेब्बर बढी भाडा तिर्न बाध्य

विकल्प \ दसै मनाएर फर्कने म्याग्दीका सर्वसाधारण तेब्बर बढी गाडी भाडा तिरेर गन्तब्यमा पुग्न बाध्य भएका छन् । सदरमुकाम बेनी देखि बागलुङ, कुश्मा, पोखरा, चितवन, भैरहवा, राजधानी लगायतका ठाउँमा छुट्ने बसलाई तेब्बर बढी भाडा तिर्न बाध्य भएका हुन् । बेनी पोखरा रुटमा चल्ने बस, माईक्रोबस, जिप र ट्याक्सीहरुले मनपरि भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका […]

पुनहिलमा पर्यटक

सन्तोष गौतम,नवविकल्प÷ गत बैशाखको बिनासकारी भुकम्पका कारण थलिएको नेपालको पर्यटन क्षेत्र पछिल्लो समय सिमा क्षेत्रमा भएको नाकाबन्दी र इन्धन अभावका कारण झनै प्रभावित बनेको छ । भुकम्पले असर नगरेका नेपालका पर्यटकीय स्थलहरुमा तराई मधेश क्षेत्रमा जारी आन्दोलन, बन्द हडताल, नाकाबन्दी र इन्धन अभावका कारण पर्यटक आगमन प्रभावित बनेको हो । सिमा क्षेत्रको असहज परिस्थितीका कारण […]

मुस्ताङको कोरल्ला नाका खुलाउन धौलागिरिवासीको माग

नवविकल्प भारतको अघोषित नाकाबन्दीका कारण दैनिक जनजिवन प्रभावित भइरहेका समयमा धौलागिरिवासीहरुले मुस्ताङको लोमान्थाङ स्थित कोरल्ला नाका खुलाउन सरकारसंग माग गरेका छन् । शनिबार बेनीमा धौलागिरी अञ्चलका सरोकारवालाहरुको भेलाले चीनसँग सीमाना जोडिएको मुस्ताङको लोमान्थाङ स्थित कोरल्ला नाका खुलाउन पहल गर्न सरकारसंग आग्रह गरेका हुन् । उनीहरुले सिमा क्षेत्रमा आवश्यक पर्ने भौतिक पूर्वाधारको विकास गर्न सरकारी निकायले […]

साउदीमा म्याग्देलीको मृत्यु

अमृत बास्कुने बैदेशीक रोजगारीको शिलशिलामा साउदी अरवको रियाद पुगेका भगवती गाविस ९ साझा पानीका ३४ वर्षिय कमल भण्डारीको अक्टोवर २९ को साँझ निधन भएको छ । छ महिना पहिला बैदेशिक रोजगारीको शिलशिलामा साउदी पुगेका भण्डारीको निधनपछि आर्थिक अवस्था निकै नाजुक भएका उनको परिवार विचल्लीमा परेका छन् । भण्डारीकी साढे दुइ वर्षिय छोरी, श्रीमती र दृष्टि […]

काम धेरै गर्नेहरुलाई हृदयघातको खतरा

मानिसलेे लगातार काम गर्ने समय जति लामो हुँदै जान्छ उसको स्वास्थ्यमा पनि उति नै खतरा बढ्दै जान्छ । पछिल्लोपटक गरिएको एक अध्ययन अनुसार जो मानिस धेरै घण्टासम्म लगातार काम गर्दछन् उनीहरुमा हृदयाघातको जोखिम अधिक हुने देखिएको छ । लेसेन्ट मेडिकल जर्नलमा छापिएको शोधका अनुसार बिहान ९ बजेदेखि बेलुकी ५ बजेबीचको समयमा हृदयाघातको सम्भावना सबैभन्दा बढि […]

खोटाङका कृषकहरु चिराइतो खेतीतर्फ आकर्षित

खोटाङ,जिल्लाका कृषक चिराइतो खेतीप्रति आकर्षित भएका छन् । अन्य बालीभन्दा कम झन्झटिलो र थोरै समयमै राम्रो मूल्य पाउने भएपछि उनीहरु यसप्रति आकर्षित भएका हुन् । घरैबाट प्रतिकिलो रु ७०० देखि रु एक हजारसम्ममा बिक्री हुने चिराइतो खेती प्रवद्र्धनका लागि विभिन्न दातृ निकायले समेत आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । सैद्धान्तिक र प्राविधिक सीपका […]

गर्मी मौषममा अनुहारमा चमक ल्याउने १० शुत्र

गर्मी मौषममा घामको प्रभावले त्वचा विग्रिन्छ । अनुहारमा चमक राख्नका लागि गर्मी मौषम निक्कै चुनौतीपूर्ण हुन्छ । गर्मी मौषममा अनुहारमा चमक कायम राख्नका लागि अघि पछि भन्दा बढी ध्यान दिनु पर्ने विज्ञहरु बताउँछन् । यहाँ गर्मी मौषममा अनुहारमा चमक ल्याउने १० तरिकाको चर्चा गरिएको छ । १ पानी र मह विहानको समयमा उठ्ना साथ पानीमा […]

ज्ञानेन्द्रसँग विप्लवको भित्री गठबन्धन छ

सोह्रबुँदे सहमतिमा आधारित संविधानको प्रारम्भिक मस्यौदामाथि छलफलका क्रममा देशको राजनीतिमा ज्यादै खतरनाक खेलहरु सुरु भएका छन् । जसले, मुख्यतः गणतन्त्र समाप्त पार्ने र क्रान्तिका उपलब्धिहरु समूल नष्ट गर्ने षडयन्त्र गरिरहेको छ । प्रस्तुत सन्दर्भमा राजनीतिक शक्तिहरुको दाउपेचसम्बन्धी बिश्लेषणमा यो सामग्री केन्द्रित रहेको छ । राजावादी र विप्लव माओवादी प्रा.कृष्ण खनालको भनाइमा गणतन्त्र सडकबाट घोषणा गर्नुपर्दथ्यो […]

एक वर्षमा ७५ होटल थपिए, बेड संख्या ३६ हजार नाघ्यो

२ साउन, काठमाडौं । मुलुकभर सञ्चालनमा आएका पर्यटकस्तरीय होटलको संख्या एक हजार ७५ पुगेको छ । यी होटलमा एकै दिन ३६ हजार १ सय ७९ जनाले रात बिताउन सक्छन । पर्यटन मन्त्रालयको पुससम्मको तथ्यांकले यस्तो देखाएको हो । जसमध्ये ११८ वटा स्टार होटल छन् भने ९ सय ५७ वटा ननस्टार होटल छन् । विगत एक […]

संविधान लेखेपछि सभा समाप्त हुन्छ : ओली

पोखरा–नेकपा एमाले अध्यक्ष केपी ओलीले संविधान जारी गरेपछि संविधान सभा समाप्त हुने बताएका छन् । आफ्नो पार्टीको कास्की जिल्ला परिषद भेलाको पोखरामा बिहीबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संविधान जारी भइसकेपछि सोही संविधानअनुसार मुलुक अघि बढ्ने बताए । संविधान लेखिसकेपछि पनि संविधान सभा राख्दा संविधान लेख्न बाँकी नै रहेको अर्थ लाग्ने हुँदा त्यसो गर्न नहुने […]

गुरुङ जातिको संस्था तमु धिं नेपालकी अध्यक्ष कर्म गुरुङले आत्मनिर्णयसहितको

पोखरा-‘धर्म निरपेक्ष होइन, नेपाल हिन्दु राष्ट्र हुनुपर्छ,’ मोती गिरीले भने, ‘संघीयतामा जाँदा उत्तरदक्षिण गरेर ५ प्रदेशमात्रै बनाउनुपर्छ।’ उनी संविधानको मस्यौदामा सुझाव दिँदै थिए। सोमबार पोखरामा संविधानको मस्यौदामाथि सुझाव संकलन गर्न आयोजित कार्यक्रममा उनले आफ्नो व्यक्तिगत होइन अखण्ड नेपाल पार्टीको धारणा राखे। व्यक्तिगत हैसियतमै बोल्न उनलाई माइक दिइएको थियो, तर आफ्नोभन्दा पार्टीको विचार राखे। उनीभन्दा पछिल्ला […]

काँग्रेस कै सुझाव ‘धर्म निरपेक्ष हटाउ मृत्यु दण्डको व्यवस्था होस’

चितवन–सत्ता रुढ नेपाली काँग्रेसकै तर्फबाट संविधानका मस्यौदामा उल्लेख धर्म निरपेक्ष शब्द हटाउनु पर्ने माग आएको छ। सोमबार चितवन क्षेत्र नं. ३ को नारायणगढमा भएको सुझाव संकलन कार्यक्रममा पार्टीका तर्फबाट लिखित सुझाव राख्दै क्षेत्रीय सभापति प्रमोद श्रेष्ठले नयाँ संविधानमा मृत्यु दण्डको पनि व्यवस्था हुनु पर्ने बताए।’धर्म निरपेक्षको ठाउँमा धार्मिक स्वतन्त्रता हुनु पर्छ,’ श्रेष्ठले बुझाएको लिखित सुझावको […]

बाराका सबै निर्वाचन क्षेत्रमा सुझाव संकलनमा अवरोध

बीरगन्ज-बाराको ३ वटा निर्वाचन क्षेत्रको लागि सोमबार राखिएको सुझाव संकलन कार्यक्रममा संविधानको मस्यौदा मधेश बिरोधी रहेको भन्दै विरोध भएपछि स्थगित भएको छ। सदरमुकाम कलैयास्थित सिद्धेश्वर माविमा ३ नम्बर क्षेत्रका नागरिकको राय बुझ्न राखिएको कार्यक्रम झडपको कारण स्थागित भएको सभासद फरमुल्लाह मन्सुरले बताए। – कार्यक्रममा झडपहुँदा नेपाली कांग्रेसका कार्यकर्ता फुलमहम्मद मंसुर र संघीय समाजवादी फोरम नेपालका […]