जेसीज सप्ताहमा बेनीमा आँखा परीक्षण


विकल्प न्यूज/बेनी
जेठ १३ गते ।
म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत सोमबार बेनीमा मेरो विद्यालय कार्यक्रम अन्तर्गत आँखा जाँच गरिएको छ । बेनी बोडिङ स्कुलमा सञ्चालित निशुल्क आँखा परिक्षणमा विद्यालयका विद्यार्थी र शिक्षकहरु समेत गरी ६ सय जनाको आँखा परिक्षण गरिएको छ ।

उक्त क्रममा ३६ जनामा आँखामा समस्या रहेको पहिचान भएको र उहाँहरुलाई थप उपचारका लागि सल्लाह दिईएको म्याग्दी जेसीजका सहसचिब गोकुल सुनारले जानकारी दिनुभयो ।

#ADD


कार्यक्रममा म्याग्दी जेसीजका निवर्तमान अध्यक्ष एवं नेत्र अधिकृत दिनेश बानियाँ र बागलुङ जेसीजका निवर्तमान अध्यक्ष एवं नेत्र अधिकृत गणेश महत्तोले विद्यालयका सबै विद्यार्थी र शिक्षकहरुको आँखाको जाँच गर्नुभएको थियो । म्याग्दी जेसीजले जेसीज सप्ताहको अवसरमा शाखा अध्यक्षले अध्ययन गरेको विद्यालयमा रचनात्मक कार्यक्रम सहित मेरो विद्यालय कार्यक्रम सञ्चलन गर्दै आएको छ ।


आँखा जाँच कार्यक्रममा बेनी बोडिङ स्कुलका दिर्घसेवि शिक्षक एवं म्याग्दी जेसीजका शाखा अध्यक्ष बिनोद घर्ती क्षेत्रीलाई पठनपाठन गराउनुभएका शिक्षक मिना पुनको प्रमुख आतित्यथामा सम्पन्न भएको थियो । शाखा अध्यक्ष क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुन, विद्यालयका प्रिन्सिपल हरिकृष्ण पोडेल, नेत्र अधिकृत दिनेश बानियाँले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संयोजक विशाल खत्रीको स्वागत र म्याग्दी जेसीजका महासचिब देवेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बेनी बोडिङ स्कुलले रचनात्मक कार्य गरेको भन्दै म्याग्दी जेसीजका शाखा अध्यक्ष र आँखा जाँच गर्ने नेत्र अधिकृतहरुलाई सम्मान समेत गरेको थियो । जेसीज सप्ताहको अवसरमा आइतवार बेनी नगरपालिका ४ तातोपानीमा प्रभाबकारी उद्घोषणका तालिम सम्पन्न भएको छ ।

जेसीज सप्ताहको अवसरमा अन्तर विद्यालय निवन्ध लेखन प्रतियोगिता र म्याग्दी जेसीज र पत्रकार महासंघ म्याग्दी बिच मैत्रिपूर्ण फुटसल समेत सम्पन्न भएको छ ।

जेसीज सप्ताहको अवसरमा अन्तरजेसीज हाजिरी जवाफ प्रतियोगिता, रक्तदान र अन्तरमावि लोकनृत्य प्रतियोगिता समेत आयोजना गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष घर्ति क्षेत्रीले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *