सडक दुर्घटनामा घाईते विष्णु गुरूङको दम्पत्तीलाई आर्थिक सहयोग

बेनी–दरवाङ सडक अन्तरगत बेनी नगरपालीका–१४ नयाँ पुलमा माईक्रोबस दुर्घटनामा घाईते एक महिलालाई कुमारी बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । दुर्घटनामा घाईते भएकी विष्णु गुरूङको उपचारका लागि १ लाख ७ हजार ५ सय रुपैयाँ परोपकारी संस्था ओमकुमारी शान्ति कोषमार्फत हस्तान्तरण गरेको हो । सहकारीका सञ्चालक, सेयरसदस्यबाट ७७ हजार ५ सय, सहकारीले ३० हजार संकलन गरी कोषका सचिव लोकेश पुनमगर, सल्लाहकार राजकुमार थापा,आजीवन सदस्य रुद्ध गुरूङ र बालकुमार रोकाले उक्त सहयोग हस्तान्तरण गरेका थिए ।
जिल्लामा सक्रिय रहेको कोषले जिल्ला तथा प्रवासबाट सहयोग संकलन गरेर आर्थिक अवस्था कमजोर भएकालाई राहत तथा उपचारमा सहयोग गर्ने गरेको छन् । गत कात्तिक ६ गते कुहँुबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग १ ख ४४७७ नम्बरको माईक्रोबस सडकदेखि करिब पाँच मिटर तल खस्दा झोलुङ्गे पुलको जिपमा अगााडीको भाग ठोक्कीएर थियो । सहयोग उपलब्ध गराएकोमा घाईते गुरूङले बताइन । महिला अधिकारकर्मी तथा उद्यमी समेत रहनुभएकी गुरूङ आफ्नै बसमा सवार हुँदा घाईते भएकी थिइन । दुर्घटनामा विष्णुकी श्रीमान एवम् चालक नरबहादुर गुरुङ समेत घाईते भएका थियो ।