साउदीमा म्याग्देलीको मृत्यु

अमृत बास्कुने

बैदेशीक रोजगारीको शिलशिलामा साउदी अरवको रियाद पुगेका भगवती गाविस ९ साझा पानीका ३४ वर्षिय कमल भण्डारीको अक्टोवर २९ को साँझ निधन भएको छ ।
छ महिना पहिला बैदेशिक रोजगारीको शिलशिलामा साउदी पुगेका भण्डारीको निधनपछि आर्थिक अवस्था निकै नाजुक भएका उनको परिवार विचल्लीमा परेका छन् । भण्डारीकी साढे दुइ वर्षिय छोरी, श्रीमती र दृष्टि विहिन आमा घरमा रहेका छन् । छ महिना पहिला जेरी म्यानेजमेन्ट सर्भिस कुपण्डोल मार्फत साउदी पुगेका भण्डारीको के कारणले मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन ।
भगवतीका स्थानीय गोकुल भण्डारीका अनुसार जेरी म्यानेजमेन्ट सर्भिस कुपण्डोलका एजेण्ट घारका नविन खड्काले पठाएको र खड्का मार्फत के कारणले मृत्यु भएको भन्ने बारेमा बुझ्ने काम भएको र तथ्य थाहा लाग्न सकेको छैन । गोकुल भन्छन् घरमा दृष्टि बिहिन आमा र नाबालिका छोरी र उनकी श्रीमतीको अव साहरा चुँडीएको छ । मृत्युको खबर सुनेपछि घरमा रहेका कमलका परिवार पिडामा डुबेका छन् ।

 

http://www.erupse.com/2015/11/blog-post_1.html#.VjY3BfkrLIU बाट साभार