जलविद्युत आयोजनाको सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु


विकल्प न्यूज /बेनी
म्याग्दी,जेठ १३ गते ।

म्याग्दीमा निर्माणधिन दरखोला जलविद्युत आयोजनाको सडक निर्माणको क्रममा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । जिल्लाको धवलागिरि गाउँपालिका ३ मुना स्थित दरखोला जलविद्युत आयोजनामा सडक निर्माण गर्ने क्रममा पहिरो खस्दा एक्साभेटर चालक ३२ वर्षीय खेमराज कुमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

#ADD


जलविद्युत् आयोजनाको पाइपलाइनका लागि निर्माणाधीन कुनौटा–दर शिलबाङ सडक निर्माणको क्रममा खसेको पहिरोमा पुरिएर चालकको मृत्यु भएको हो ।


स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भएका एक्साभेटर चालक कुमालको शव एक्साभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको र शव परीक्षणका लागि प्रदेश अस्पताल बेनी पठाउने तयारी गरिएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम तिवारीले जानकारी दिनुभयो ।


सडक खन्दै गरेको समयमा अचानक माथिबाट खसेको पहिरोले एक्साभेटर समेत पूर्ण रूपमा क्षति पु¥याएको छ । दरखोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ६ दशमलव ५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाले ‘पेनस्टक पाइप’ राख्नका लागि अहिले लाम्पुस भीरमा सडक निर्माण गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *