काँग्रेस कै सुझाव ‘धर्म निरपेक्ष हटाउ मृत्यु दण्डको व्यवस्था होस’

चितवन–सत्ता रुढ नेपाली काँग्रेसकै तर्फबाट संविधानका मस्यौदामा उल्लेख धर्म निरपेक्ष शब्द हटाउनु पर्ने माग आएको छ।
सोमबार चितवन क्षेत्र नं. ३ को नारायणगढमा भएको सुझाव संकलन कार्यक्रममा पार्टीका तर्फबाट लिखित सुझाव राख्दै क्षेत्रीय सभापति प्रमोद श्रेष्ठले नयाँ संविधानमा मृत्यु दण्डको पनि व्यवस्था हुनु पर्ने बताए।’धर्म निरपेक्षको ठाउँमा धार्मिक स्वतन्त्रता हुनु पर्छ,’ श्रेष्ठले बुझाएको लिखित सुझावको तीन नम्बर बुँदामा उल्लेख छ। त्यस्तै बालिका तथा अशक्तलाई बलात्कार गर्ने, मानब बेचबिखन र गम्भीर फौजदारी अपराध गर्नेलाई संविधानमै मृत्यु दण्ड हुनु पर्ने पनि उनले बताए। साउन ३ गते आइतबार भरतपुरमा पार्टीका कार्यकर्तालाई राखेर गरेको छलफलले नै सुझावका बुँदा निर्क्यौल गरेको उनले बताए।

‘पार्टी जिल्ला कमिटिले आयोजना गरेको कार्यकर्ता भेलामा आएका बिचारहरुलाई राखेर सुझावका बुँदाहरु बनाएका हौं। जिल्लामा हुने सवै कार्यक्रममा यही सुझाव टिपाउने छौं,’ श्रेष्ठले भने। काँग्रेस चितवनले उत्तर दक्षिण छुने गरेर पाँच प्रान्त मात्रै निर्माण गर्नु पर्ने र संघीय र प्रान्तीय सवै सरकारको सरकारी भाषा नेपाली हुनु पर्ने सुझाव दिएको छ।

– See more at: http://nagariknews.com/politics/parliament/story/41975.html#sthash.clMos3My.dpuf