संगिनी सहकारीको अध्यक्षमा श्रेष्ठ

11011927_916707375092925_4916777586513620810_nबेनीका महिलाहरुको सक्रियतामा सञ्चालन हुँदै आएको सङगीनी बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले साधना श्रष्ठको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको सहकारीले जनाएको छ । सहकारीको उपाध्यक्षमा गौरी थापा मगर,सचिव तेजकुमारी बानियाँ,कोषाध्यक्ष,शर्मिला श्रेष्ठ,सहसचिव नविना थापा रावल रहेका छन् । यसै गरी सदस्यहरुमा भगवती पुर्जा,जानकी विश्वकर्मा,कल्पना केसी,देवी सुवेदी र भुलमाया तिलिजा निर्वाचित भएको सहकारीकी प्रवन्धक रुद्रकुमारी खत्रीले जानकारी दिइन ।

सहकारीले शेयर पुँजी ६२ लाख १२ हजार ४०० र निक्षेप सङ्गलन १ करोड ८५ लाख पाँचहजार २८० रहेको जनाएको छ ।
त्यसैगरी लगानी १ करोड ३५ लाख ६७ हजार ७८१, कुल कारोबार ७ करोड दुइलाख १३ हजार १२४, आम्दानी ३१ लाख ४३ हजार ८३३ र खर्च ३० लाख ८१ हजार ८३३ रुपैयाँ रहेको छ । अधिवेशनको उद्घाटन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दीपक कार्की बिखर्चीले सहकारीले महिलाहरुको आर्थिक विकासमा योगदान गरेको बताएका थिए । उनले सहकारीमार्फत महिलाहरुलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए । सोही कार्यक्रममा बोल्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले महिलाहरुले सञ्चालन गरेका सहकारीहरु सक्षम हुँदै गएको बताएका थिए ।
कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका उपाध्यक्ष दण्डपाणी शर्मा, उपभोक्ता सहकारी संघका अध्यक्ष रामप्रसाद सुवेदी र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सचिव गोरखनाथ सुवेदीले विचार व्यक्त गरेका थिए ।
कार्यक्रमको अवसरमा संस्थामा रहेर उत्कृष्ट कार्य गरेको भन्दै लेखापाल सजनी मल्ल, बजार प्रतिनिधि लक्ष्मी खत्री र उत्कृष्ट कारोबार गरेकोमा कृष्ण सार्कीलाई सम्मानपत्र र नगदले सम्मान गरिएको थियो । साधारणसभामा अध्यक्ष अमृता भण्डारीले संस्थागत, सहसचिव शर्मिला श्रेष्ठले प्रगति, कोषाध्यक्ष तेजकुमारी बानियाँले आर्थिक र लेखा संयोजक नवीना रावलले लेखा प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रम अध्यक्ष भण्डारीको अध्यक्षता, उपाध्यक्ष साधना श्रेष्ठको स्वागत र कोषाध्यक्ष बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।