बाराका सबै निर्वाचन क्षेत्रमा सुझाव संकलनमा अवरोध

बीरगन्ज-बाराको ३ वटा निर्वाचन क्षेत्रको लागि सोमबार राखिएको सुझाव संकलन कार्यक्रममा संविधानको मस्यौदा मधेश बिरोधी रहेको भन्दै विरोध भएपछि स्थगित भएको छ। सदरमुकाम कलैयास्थित सिद्धेश्वर माविमा ३ नम्बर क्षेत्रका नागरिकको राय बुझ्न राखिएको कार्यक्रम झडपको कारण स्थागित भएको सभासद फरमुल्लाह मन्सुरले बताए। –

कार्यक्रममा झडपहुँदा नेपाली कांग्रेसका कार्यकर्ता फुलमहम्मद मंसुर र संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामबाबु यादव घाइते भएका छन्। दुबैको टाउको फुटेको छ। झडपमा प्रहरी र प्रदर्शनकारी गरी २ दर्जन जति घइते भएका छन्। त्यस्तै क्षेत्र नम्बर ३ को लागि बरियारपुरमा राखिएको राय सुझाव संकलन कार्यक्रम पनि झडप कै कारण विथोलिएको छ। बिरोधमा उत्रिएका मेधशेवादी दलका कार्यकर्ता र सर्वसधारणले घेरेपछि जोगिनको लागि प्रहरीले ३ राउण्ड अश्रु ग्यास चलाएको थियो।

सदरमुकामबाट टाढा पर्ने भारतकको सिमासंग जोडिएको क्षेत्र नम्बर १ मा पनि मस्यौदा माथि रायसुझाव संकलन हुन सकेन। रायसुझाव संकलनका लागि कार्यक्रम राखिएको कोतवालीमा दिन भरी बिरोधमा उत्रिएकाहरु र प्रहरीबिच घम्साघमसी भइरह्यो। अन्तमा प्रहरीले सुरक्षा घेरा दिदै सभासदसहति राय सुझाव संकलन गर्न आएकाहरुलाई जोगाएर निकालेको थियो। जिल्लाका ३ वटा क्षेत्रमा प्रदर्शनकारी र प्रहरी गरी सयभन्दा बढी घाइते भएकाछन्। मंगलबार बाकी ३ वटा क्षेत्रको लागि राय सुझाव संकलन कार्यक्रम छ। –