ताजा समाचार:
Search

समाचार

वैसरी पहिरो पीडितलाई रकम हस्तान्तरण

प्रताप बानियाँ \ कात्तिक २२ गते । म्याग्दीको भगवती २ बैंसरी र राम्चे ९ काफलडाँडाका पहिरोपीडितहरुका लागि आर्थिक सहयोग सङ्कलन भएको छ । म्याग्दी सेवा समिति दक्षिण कोरियाको सक्रियतामा रोजगारको सिलसिलमा कोरियामा पुगेका नेपालीहरुमार्फत आर्थिक सङ्कलन गरिएको हो । सदरमुकाम बेनीमा एक कार्यक्रमको आयोजना गरी कोरियामा सङ्कलित नगद २ लाख ३५ हजार रुपैयाँ ओमकुमारी शान्ति […]

मुस्ताङमा जीप दुर्घटना, १ को मृत्यु ५ घाईते हरिकृष्ण गौतम\नवविकल्प \बेनी कात्तिक २२ गते । मुस्ताङको सदरमुकाम जोमसोमबाट म्याग्दी आउँदै गरेको जीप शनिबार साँझ लेते– १ घाँसास्थित थाप्ल्याङ खोलामा दुर्घटनामा परेको छ । पारिवारिक भ्रमणको सिलसिलामा मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गरी घर फर्कने क्रममा ग १ च ९३६९ नम्बरको बोलेरो जीप म्याग्दीको दाना गाविस संग […]

पश्चिम म्याग्दीमा नयाँ संविधान वारे प्रशिक्षण

नयाँ संविधानका वारेमा जिल्लाका पश्चिम भेगका नागरिकहरुलाई प्रशिक्षण दिइएको छ । स्थानीय शान्ति समितिले नागरिकहरुलाई संविधानका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो । पश्चिम म्याग्दीको दरबाङमा एक कार्यक्रमकाबीच अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय शान्ति समिति म्याग्दीको आयोजनामा गएको असोज ३ गते जारी भएको नेपालको संविधान–२०७२ को सम्बन्धमा प्रशिक्षण कार्यक्रम गरिएको स्थानीय […]

नेपाल-चीनबीच २० बुँदे सम्झौता, चाँडै नै ७ नाका पुन सञ्चालनमा आउने

विकल्प\कार्तिक १९ काठमाडौं । भारतको नाकाबन्दी खेपेको नेपालीलाई तत्काल राहतको लागि चीनले तातोपानी र रसुवागढी नाका थप सक्रियताको साथ पूर्णक्षमतामा सञ्चालमा ल्याउने बताएको छ । काठमाडौंमा बिहीबार सम्पन्न नेपाल-चीन तीन दिने भन्सार विभागको उच्चस्तरीय बैठकमा रसुवागढी र तातोपानी नाकालाई पूर्णक्षमतामा सञ्चालनमा ल्याउने सहमति भएको हो । दुवै नाकालाई थप सशक्त र सवल बनाएर अघि बढाउन […]

बेनीमा इन्धन वितरण (फोटोकथा) वितरण प्रणाली व्यवस्थित नहुँदा उपभोक्ताहरुले दुःख पाएको गुनासो ।

मुस्ताङको कोरल्लामा भन्सार कार्यालय खोल्न चीन तयार

विकल्प\कार्तिक १९ काठमाडौं । मुस्ताङको कोरल्ला नाकामा भन्सार कार्यालय खोल्न चीन तयार भएको छ । यसका साथै चीनले नेपालसँगको थप छ वटा नाकाबाट ब्यापारिक कारोबार सुरु हुने भएको छ । नेपाल र चीनका अधिकारीहरुबीच भएको वार्तामा सातवटा नाका भन्सार स्थापना गर्न सहमति भएको हो । यसअघि धौलागिरीवासीहरुले मुस्ताङको कोरल्ल नाका सञ्चालनको माग गर्दै आएका थिए […]

भारतले जेनेभामा नेपालको द्वन्द्वकालीन मुद्दा उठायो

   १९ कात्तिक, काठमाडौं । नेपालका अघोषित नाकाबन्दी गरेको भारतले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदमा नेपालका माओवादीलाई निशाना बनाएको छ । स्वीटजरल्याण्डको जेनेभामा नेपालको मानवअधिकारसम्वन्धी छलफलमा भारतले यहाँका माओवादीलाई लक्षित गरेर द्वन्द्वकालीन घटनाको विषय उठाएको छ । भारतले अन्तराष्ट्रिय फोरममा नेपालको द्वन्द्वकालीन विषयलाई मानवअधिकारसँग जोडेर प्रश्न उठाएको सम्भवतः यो पहिलोपटक हो । यसअघि पश्चिमा देशहरुले मात्रै […]

महिलाहरुलाई आधारभूत तालिम

प्रताप बानियाँ \नव विकल्प म्याग्दी, कार्तिक १७ – महिला तथा बालबालिका कार्यालय म्याग्दीको आयोजनामा महिलाहरुका लागि जिल्लास्तरीय आधारभूत तालिम शुरु भएको छ । विभिन्न सिप सिकाई महिलाहरुलाई व्यवसाय शुरु गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । एक हप्तासम्म चल्ने तालिममा महिला विकास कार्यक्रम, समूह गठन, बचत परिचालन, नेतृत्व, सञ्चारका सिपहरु, प्रजनन स्वास्थ्य, सुरक्षित […]

सडक दुर्घटनामा घाईते विष्णु गुरूङको दम्पत्तीलाई आर्थिक सहयोग

बेनी–दरवाङ सडक अन्तरगत बेनी नगरपालीका–१४ नयाँ पुलमा माईक्रोबस दुर्घटनामा घाईते एक महिलालाई कुमारी बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । दुर्घटनामा घाईते भएकी विष्णु गुरूङको उपचारका लागि १ लाख ७ हजार ५ सय रुपैयाँ परोपकारी संस्था ओमकुमारी शान्ति कोषमार्फत हस्तान्तरण गरेको हो । सहकारीका सञ्चालक, सेयरसदस्यबाट ७७ हजार ५ सय, सहकारीले ३० हजार संकलन […]

संगिनी सहकारीको अध्यक्षमा श्रेष्ठ

बेनीका महिलाहरुको सक्रियतामा सञ्चालन हुँदै आएको सङगीनी बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले साधना श्रष्ठको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको सहकारीले जनाएको छ । सहकारीको उपाध्यक्षमा गौरी थापा मगर,सचिव तेजकुमारी बानियाँ,कोषाध्यक्ष,शर्मिला श्रेष्ठ,सहसचिव नविना थापा रावल रहेका छन् । यसै गरी सदस्यहरुमा भगवती पुर्जा,जानकी विश्वकर्मा,कल्पना […]

प्रहरीकै पोष्ट नजिक यात्रुहरु तेब्बर बढी भाडा तिर्न बाध्य

विकल्प \ दसै मनाएर फर्कने म्याग्दीका सर्वसाधारण तेब्बर बढी गाडी भाडा तिरेर गन्तब्यमा पुग्न बाध्य भएका छन् । सदरमुकाम बेनी देखि बागलुङ, कुश्मा, पोखरा, चितवन, भैरहवा, राजधानी लगायतका ठाउँमा छुट्ने बसलाई तेब्बर बढी भाडा तिर्न बाध्य भएका हुन् । बेनी पोखरा रुटमा चल्ने बस, माईक्रोबस, जिप र ट्याक्सीहरुले मनपरि भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका […]

पुनहिलमा पर्यटक

सन्तोष गौतम,नवविकल्प÷ गत बैशाखको बिनासकारी भुकम्पका कारण थलिएको नेपालको पर्यटन क्षेत्र पछिल्लो समय सिमा क्षेत्रमा भएको नाकाबन्दी र इन्धन अभावका कारण झनै प्रभावित बनेको छ । भुकम्पले असर नगरेका नेपालका पर्यटकीय स्थलहरुमा तराई मधेश क्षेत्रमा जारी आन्दोलन, बन्द हडताल, नाकाबन्दी र इन्धन अभावका कारण पर्यटक आगमन प्रभावित बनेको हो । सिमा क्षेत्रको असहज परिस्थितीका कारण […]

मुस्ताङको कोरल्ला नाका खुलाउन धौलागिरिवासीको माग

नवविकल्प भारतको अघोषित नाकाबन्दीका कारण दैनिक जनजिवन प्रभावित भइरहेका समयमा धौलागिरिवासीहरुले मुस्ताङको लोमान्थाङ स्थित कोरल्ला नाका खुलाउन सरकारसंग माग गरेका छन् । शनिबार बेनीमा धौलागिरी अञ्चलका सरोकारवालाहरुको भेलाले चीनसँग सीमाना जोडिएको मुस्ताङको लोमान्थाङ स्थित कोरल्ला नाका खुलाउन पहल गर्न सरकारसंग आग्रह गरेका हुन् । उनीहरुले सिमा क्षेत्रमा आवश्यक पर्ने भौतिक पूर्वाधारको विकास गर्न सरकारी निकायले […]

साउदीमा म्याग्देलीको मृत्यु

अमृत बास्कुने बैदेशीक रोजगारीको शिलशिलामा साउदी अरवको रियाद पुगेका भगवती गाविस ९ साझा पानीका ३४ वर्षिय कमल भण्डारीको अक्टोवर २९ को साँझ निधन भएको छ । छ महिना पहिला बैदेशिक रोजगारीको शिलशिलामा साउदी पुगेका भण्डारीको निधनपछि आर्थिक अवस्था निकै नाजुक भएका उनको परिवार विचल्लीमा परेका छन् । भण्डारीकी साढे दुइ वर्षिय छोरी, श्रीमती र दृष्टि […]

काम धेरै गर्नेहरुलाई हृदयघातको खतरा

मानिसलेे लगातार काम गर्ने समय जति लामो हुँदै जान्छ उसको स्वास्थ्यमा पनि उति नै खतरा बढ्दै जान्छ । पछिल्लोपटक गरिएको एक अध्ययन अनुसार जो मानिस धेरै घण्टासम्म लगातार काम गर्दछन् उनीहरुमा हृदयाघातको जोखिम अधिक हुने देखिएको छ । लेसेन्ट मेडिकल जर्नलमा छापिएको शोधका अनुसार बिहान ९ बजेदेखि बेलुकी ५ बजेबीचको समयमा हृदयाघातको सम्भावना सबैभन्दा बढि […]