मुस्ताङमा जीप दुर्घटना, १ को मृत्यु ५ घाईते
हरिकृष्ण गौतम\नवविकल्प
\बेनी कात्तिक २२ गते ।
मुस्ताङको सदरमुकाम जोमसोमबाट म्याग्दी आउँदै गरेको जीप शनिबार साँझ लेते– १ घाँसास्थित थाप्ल्याङ खोलामा दुर्घटनामा परेको छ । पारिवारिक भ्रमणको सिलसिलामा मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गरी घर फर्कने क्रममा ग १ च ९३६९ नम्बरको बोलेरो जीप म्याग्दीको दाना गाविस संग सिमाना जोडिएको बाँदरजुङे भिरबाट कालिगण्डकीमा खस्दा एकको घटना स्थलमै मृत्य भएको छ । भने पाँच जना घाईते भएको मुस्ताङ ट्राफिक प्रहरी कमल बहादुर खत्रीले बताउनुभयो ।
मुत्यु हुनेमा बेनी नगरपालिका कोटभण्डारका २८ बर्षिय यूवा राजेन्द्र केसी छन् । दुर्घटनामा सवारीचालक बेनी नगरपालिका–९ का हरी चोखाल, बेनपा–६ का २८ बर्षिय मन्दिप शाक्य, उनकी श्रीमति २५ बर्षिया दिपा शाक्य,६ बर्षिय छोरा एनिस शाक्य, बेनपा–७ का ३० बर्षिय राजकुमार केसी, उनकी श्रीमति २८ बर्षिय भवानी केसी र २ बर्षकी निकुल केसी घाईते भएका छन् । घाईतेको अवस्थामा खतरामुक्त छ । घाईतेको पोखरास्थित मणीपाल र गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
‘घाईतेको अवस्था समान्य छ । शरीरमा धेरै चोट छ’ राजेश शाक्यले भने । सवारीचालक चोखालको खुट्टामा गम्भिर चोट लागेको छ भने अन्यको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला अस्पताल म्याग्दीले जनाएको छ । स्पेनमा बस्दै आएका राजकुमारको दम्पत्ती घर आएको मौकामा घुम्न मुस्ताङ गएका थिए । दुर्घटनामा परेका दुई बालबालिकाको अवस्था सामान्य रहेको छ । दुर्घटनमा परेको जीपबाट घाईतलाई घाँसामा रहेको नेपाली सेना र प्रहरीले उद्धार गरेको थियो । बे्रक फेल भएपछि मर्मत गरी चलाएको जीप दुईमिनेट तल आउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।