पश्चिम म्याग्दीमा नयाँ संविधान वारे प्रशिक्षण

12200822_10206584946055321_1133557552_n
नयाँ संविधानका वारेमा जिल्लाका पश्चिम भेगका नागरिकहरुलाई प्रशिक्षण दिइएको छ । स्थानीय शान्ति समितिले नागरिकहरुलाई संविधानका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।

पश्चिम म्याग्दीको दरबाङमा एक कार्यक्रमकाबीच अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय शान्ति समिति म्याग्दीको आयोजनामा गएको असोज ३ गते जारी भएको नेपालको संविधान–२०७२ को सम्बन्धमा प्रशिक्षण कार्यक्रम गरिएको स्थानीय शान्ति समितिले जनाएको छ ।
12200998_10206584917334603_697328798_n
कार्यक्रमका अवसरमा खासगरी प्रस्तावना, मौलिक हक, संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायतका विषयहरुमा सहजीकरण गरिएको छ । कार्यक्रमको नेपाल बार एशोसियशन म्याग्दीका अध्यक्ष डा. भूपेन्द्रबहादुर खड्का, अधिवक्ताद्वय सुदर्शनकुमार श्रेष्ठ र चिरञ्जीवी शर्माले सहजीकरण गरेका थिए ।
कार्यक्रममा दरबाङ, देवीस्थान, अर्मन, निस्कोट, बिम, ताकम, ओखरबोटसहित १० ओटा गाविसका गाविस सचिव, स्थानीय राजनीतिक दल, सामाजिक परिचालक, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय शान्ति समितिका पदाधिकारी गरी कुल ८५ जनाको सहभागीता रहेको आयोजकले जनाएको छ ।
स्थानीय शान्ति समिति म्याग्दीका संयोजक हरिप्रसाद पौडेलको अध्यक्षता, सदस्य रेखाकौशल रेग्मीको स्वागत, पूर्व संयोजकद्वय विरबहादुर थापाको सञ्चालन र नेत्रबहादुर महतले कार्यक्रमको उद्देश्य एवं औचित्यमाथि प्रकाश पारेका थिए भने पूर्व जिविस सभापति ओमप्रकाश शेरचनले मन्तव्य राखेका थिए ।