मुस्ताङको कोरल्लामा भन्सार कार्यालय खोल्न चीन तयार

DSC_0369
विकल्प\कार्तिक १९
काठमाडौं । मुस्ताङको कोरल्ला नाकामा भन्सार कार्यालय खोल्न चीन तयार भएको छ । यसका साथै चीनले नेपालसँगको थप छ वटा नाकाबाट ब्यापारिक कारोबार सुरु हुने भएको छ । नेपाल र चीनका अधिकारीहरुबीच भएको वार्तामा सातवटा नाका भन्सार स्थापना गर्न सहमति भएको हो । यसअघि धौलागिरीवासीहरुले मुस्ताङको कोरल्ल नाका सञ्चालनको माग गर्दै आएका थिए ।

नेपालमा भ्रमणमा रहेको ल्हासा भन्सारका उपमहानिर्देशक लोङ चुङ वोई नेतृत्वको टोलीसँग तीन दिनसम्म भन्सार विभागले गरेको छलफलले चीनसँगको अन्य ७ वटा नाकालाई व्यपारिक रुपमा सञ्चालन गर्ने सहमति भएको छ ।
मंगलबारदेखि काठमाडौंमा सुरु भएको दुई देशीय वार्तामा संखुवासभाको किमाथाङका, मुस्ताङको कोरल्ला, ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको लार्के, हुम्लाको यारिङ, दोलखाको लामाबगर र मुगु नाकाबाट भन्सार नै स्थापना गरेर व्यापारिक आयात निर्यात सुरु गर्ने सहमति भएको भन्सार विभाग स्रोतले जनाएको छ ।
DSC_0468

आज साँझ ५ बजे काठमाडौंकोमा एक कार्यक्रमकाबीच यस सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर तयारी गरिएको छ । चीनियाँ टोलीसंग भुमम्पछि बन्द रहेको तातोपानी नकालाई छिट्टै पुरानै अवस्थामा ल्याएर सञ्चालन गर्ने सहमति पनि भएको छ ।

बैठकमा चीनसँगको व्यापारिक नाका तथा मार्गहरुलाई सहज बनाउने विषयमा सहमति भएको भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले जानकारी दिए ।

यसैगरी चीनले विभिन्न वस्तुमा दिएको शुन्य भन्सार सुविधा कार्यान्वयन लगायतका विषयमा आजै औपचारिक सहमति हुँदैछ । वार्तामा नेपाली टोलीको नेतृत्व भन्सार विभागका उपमहानिर्देशक संयोजक दामोदर रेग्मीले गर्नुभएको थियो । अनलाइन खवरको सहयोगमा