समाचार
अफगानिस्तान नफापेर गाउँ फर्किएका हरि कृषिमा रमाउदै

विकल्प न्यूज\बेनी म्याग्दी,मङ्सिर ७ गते । बेनी नगरपालिका १० पात्लेखेतका युवा हरी गर्बुजालाई यतिखेर गोलभेडा विक्री गर्न भ्याईनभ्याई छ । स्थानीय एक व्यक्तिको १५ रोपनी जमिन भाडामा लिएर कृषि पेसा थाल्नुभएका गर्बुजाले तरकारी उत्पादन गरेर राम्रो आम्दानी लिन सफल हुनुभएको छ । दश वर्ष अघि वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुग्नुभएका गर्बुजा ८ महिनामै स्वदेश फर्किएर […]
रघुगंगामा एक युवा चारदिन देखि अनसनमा

विकल्प न्यूज/बेनी म्याग्दी,मंसिर ७ गते । स्थानीय सरकारसँग आधारभूत अस्पताल र रोजगार सिर्जनाको माग राख्दै यहाँका एक युवा चारदिन देखि आमरण अनसनमा बस्नुभएको छ । रघुगंगा गाउँपालिकाको कार्यालय परिसरमा स्थानीय युवा रमेश गुरुङ(विप्लब) अनसन वस्नुभएको हो । गाउँपालिकामा विवादीत बनेको आधारभूत अस्पताल उपयुक्त स्थानमा बनाउनुपर्ने र गाउँपालिकाभित्र सञ्चालित जलविद्युत आयोजनाहरुमा स्थानीय जनशक्तिले काम गर्ने वातावरण […]
श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग

विकल्प न्यूज/बेनी मंसिर ७ गते । घना जङ्गलको साँघुरो बाटो । गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउन थियो । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माछखर्कदेखि कुनौटाघाट जोड्ने यो जीर्ण गोरेटोबाटोको स्वरुप अहिले फेरिएको छ । बेनी–जोमसोम […]
सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा सम्पन्न

बेनी, ६ मंसिर । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सेवा केन्द्र स्तरीय साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । बेनी सहित २५ वटा सेवा केन्द्र रहेको सहकारीको २५ हजार ७३ जना सेयर सदस्य रहेका छन । रु. नौ करोड ४४ लाख ४४ हजार शेयर पुँजी रहेको संस्थामा गत आर्थिक वर्ष २०७९\८० मा […]
लोक दोहोरी प्रतिष्ठानले राख्यो बेनी नगरको प्रतिक्षालयमा वाटर डिस्पेन्सर

विकल्प न्यूज/बेनी मङ्सिर ६ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिकामा आउने सेवाग्राहीहरुको लागि तातो चिसो पिउने पानी उपलब्ध गराउने गरि वाटर डिस्पेन्सर मेसिन राखेको छ । नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरु बस्ने प्रतिक्षालयमा बुधबार वाटर डिस्पेन्सर राखिएको हो । नगरपालिकामा सेवा लिन आउने सेवाग्राही, बेनी – दरवाङ तथा बेनी – […]
उपल्लो मुस्ताङलाई निषेधित क्षेत्रबाट हटाउन माग

म्याग्दी, मङ्सिर ६ गते । मुस्ताङको तीनवटा स्थानीय तहले आफ्नो भूगोललाई निषेधित क्षेत्रबाट हटाउन माग गरेका छन् । लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ लाई सरकारले निषेधित क्षेत्र तोकेको छ । निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुँदा पर्यटक आगमन बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएकाले निषेधित क्षेत्र हटाउन माग गरिएको […]
लोमान्थाङको विकासका लागि पाँच करोडको योजना

ठाकुरप्रसाद आचार्य /बेनी म्याग्दी,मङ्सिर ६ गते । माथिल्लो मुस्ताङको एतिहासिक वस्ती लोमान्थाङको विकासका लागि पाँचकरोड बराबरको योजना संचालन हुने भएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा लोमान्थाङको वस्तीलाई व्यवस्थित गर्न पाँचकरोड रुपियाँ बराबरको योजना विनियोजन गरेको हो । पूर्वाधार विकास कार्यालय मुस्ताङ मार्फत कार्यान्वयन हुने गरि लोमान्थाङमा स्वागत गेट देखि लोमान्थाङ वाल वरिपरि […]
माओवादी सेनाका पूर्व कमाण्डर रुसी सेनामा भर्ना

विकल्प न्यूज/बेनी मङ्सिर ६ गते । तत्कालिन नेकपा माओवादी सेनाका कमाण्डर म्याग्दीका एक युवा रुसी सेनामा भर्ती हुनुभएको छ । माओवादी पार्टीले संचालन गरेको दशवर्षे जनयुद्धका क्रममा कम्पनी कमाण्डर सम्मको भूमिका निर्वाह गर्नुभएका मंगला गाउँपालिका ४ वरंजाका रमेश विक(डायमण्ड) रसीयामा युक्रेन विरुद्धको युद्ध लड्न भर्ना हुनुभएको छ । रुसी सेनाको पोषाक सहित हतियार भिरेको फोटो […]
यस्तो छ बिमको धार्मिक पर्यटकीय स्थल प्रभुचेला (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /बेनी मंसिर ५ गते । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको धुरीलाई ध्यानकेन्द्र बनाउन पूर्वाधार निर्माण थालिएको छ । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि ७५ सम्म यही ठाउँमा तपस्या गरेकाले स्थानीयहरुले यस स्थानलाई प्रभुचेला धुरी नामाकरण गरेका छन् । मालिका गाउँपालिकाले पूर्वाधार निर्माण गरी यस स्थानलाई ध्यानकेन्द्रका रुपमा विकास गर्न योजना अघि […]
कालीगण्डकीमा बगरको सतह बढ्दा मुस्ताङका वस्ती जोखिममा

विकल्प न्यूज/बेनी मंसिर ५ गते । मुस्ताङस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा बगरको सतहसँगै बाढीको जोखिम बढेको छ । मुस्ताङमा नदीमा बगरको सतह बढेर बाढीको जोखिम बढेको घरपझोङ गाउँपालिका–२ स्याङका वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले बताउनुभयो । “सहायक खोलाबाट आउने बाढी कालीगण्डकीमा आएर थुप्रिँदा बगरको सतह बढेको हो,” उहाँले भन्नुभयो, “अरू ठाउँमा नदीको सतह गहिरिँदै जान्छ तर मुस्ताङमा […]
बेनीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम

विकल्प न्यूज/बेनी मंसिर ४ गते । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने मूल नारासहित आज (सोमबार) म्याग्दीको सदरमुकाम बेनीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय कर दिवस–२०८० को अवसरमा बेनी नगरपालिकाको आयोजना, आन्तरिक राजश्व कार्यालय बागलुङको समन्वय र म्याग्दी उद्योग वाणिज्य संघको व्यवस्थापनमा कार्यक्रम […]
जेसीज कप फुटबल प्रतियोगिताको २१ औं संस्करणको तयारी

विकल्प न्यूज/बेनी मंसिर ४ गते । म्याग्दी जेसीजको मूल आयोजनामा २१ औं जिल्ला स्तरीय अन्तर मावि जेसीजकप फुटवल प्रतियोगिता आगामी मंसिर १९ गतेदेखि २३ गतेसम्म बेनीमा हुने भएको छ । सोमबार जेसीजको कार्यालयमा भएको पत्रकार सम्मेलनमा सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा राम–बिमला फाउण्डेसन जिल्लास्तरीय अन्तर मावि जेसीजकप फुटबल प्रतियोगिता गरिने भएको हो । पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका […]
मुस्ताङको एक विद्यालयमा छ वाफबाट खाना पकाउने प्रविधि

विकल्प न्यूज\बेनी मंसिर ४ गते । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा बौद्ध विद्यालयले वाफबाट खाना पकाउने (स्टिम) प्रविधिको प्रयोग गरेको छ ।विद्यालयको छात्रावासमा प्रयोग गरिएको स्टिम प्रविधि ग्यासको तुलनामा सस्तो, छिटो र दाउराको खपत घटाउन प्रभावकारी बनेको हो । विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले खाना पकाउने यस्तो प्रविधि नेपालमा यहाँ र काठमाडौँको थानकोटमा मात्र प्रयोगमा […]
आहा! हिमालको काँखमा सुन्दर लेते गाउँ (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /बेनी म्याग्दी,मङ्सिर ३ गते । उत्तरमा धौलागिरि,पूर्वतर्फ निलगिरि र अन्नपूर्ण हिमश्रृङ्खलाको काँखमा छ मुस्ताङको पर्यटकीय स्थल सुन्दर लेते गाउँ । कालिगण्डकी कारिडोर सडकमा पर्ने थासाङ गाउँपालिका वडा नम्बर ३ लेतेबाट धौलागिरि,टुकुचे पिक,मानापाथी,निलगिरी र अन्नपूर्ण हिमालको सुन्दर दृश्य आँखै अगाडी अवलोकन गर्न सकिन्छ । मुस्ताङ भ्रमणमा आएका पर्यटकहरु लेतेमा एकछिन बसेर […]
लोमान्थाङको वस्ती व्यवस्थित बनाउन गण्डकी प्रदेश सरकारको प्राथमिकता

लोमान्थाङ, २ मंसिर । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री माननीय रेशमबहादुर जुग्जालीले शनिबार मुस्ताङको लोमान्थाङ गाउँपालिकामा रहेको ऐतिहाँसिक लोमान्थाङ दरवारको निरिक्षण र अनुगमन गर्नुभयो । लोमान्थाङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष ढुकके विष्टले लोमान्थाङ दरवारको ऐतिहाँसिक, सांस्कृतिक महत्वको बारेमा जानकारी गराउदै सोको संरक्षण तथा प्रर्वद्धनका लागि वडा, गाउँपालिका, प्रदेश र […]