समाचार

एमाले गण्डकीको अध्यक्षमा नवराज विजयी

विकल्प न्युज/ पाेखरा असाेज १९ गते । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै नवराज अध्यक्ष निर्वाचित भएका हुन् । नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी […]

मालिकामा स्थानीय तहका कर्मचारीद्धारा पेन डाउन गर्ने घोषणा

विकल्प न्युज/बेनी असाेज १८ गते । म्याग्दीको मालिका गाउँपालिकामा स्थानीय तह संघर्ष समितिले शुक्रबार देखि अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने घोषणा गरेका छन् । केन्द्रिय सर्कुलर अनुसार गाउँपालिकामा रहेका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्रमार्फत मागहरुका बिषयमा प्रष्ठ पार्दै चरणबद्ध आन्दोलनलाई बेवास्ता गरिएकाले पेन डाउनको घोषणा गरिएको बताएका छन् । संघर्ष […]

दरबाङको छ्यारछ्यारेमा मोटरेबल पुल निर्माण

ठाकुरप्रसाद आचार्य \बेनी असोज १६ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ स्थित छ्यारछ्यारेमा ४० मिटर लम्बाई भएको पक्की मोटरेबल पुल निर्माण गरिएको छ । पालिकाको वडा नम्बर एक निस्कोटलाई गाउँपालिका केन्द्रसँग जोड्न म्याग्दीखोला माथि पक्की पुल निर्माण गरिएको हो । पुल निर्माण भएसँगै वर्षातका समयमा पनि आवतजावत गर्न सहज भएको छ । पुल बनेसँगै […]

बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौँ ।   बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ […]

पूर्वाधार विकास कार्यालय म्याग्दीमा जनशक्ति अभाव

ठाकुरप्रसाद आचार्य \बेनी असोज १६ गते । पूर्वाधार विकास कार्यालय म्याग्दीमा दरबन्दी अनुसारका जनशक्ति नहुँदा योजना कार्यान्वयनमा समस्या आएको छ । गण्डकी प्रदेश सरकारले आवश्यक जनशक्ति व्यवस्थापन नगर्दा पुराना तथा चालु आर्थिक वर्षमा विनियोजन भएका विकास योजनाहरु कार्यान्वयनमा समस्या भएको हो । कार्यालयमा ११ जना प्राविधिक जनशक्तिको दरबन्दी भएकोमा हाल कार्यालय प्रमुख सहित ३ जना […]

क्यान्सर पीडितलाई ३२ लाख सहयोग

असोज १४ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका –६, स्थित पाखापानीकी क्यान्सर रोगबाट पीडित सगुन शेरपुञ्जालाई करिब ३२ लाख रुपियाँ सहयोग रकम प्राप्त भएको छ । वडा अध्यक्ष मनकुमार शेरपुजाको नेतृत्वमा क्यान्सर पीडित सगुनको उपचारको लागि संकलित ३१ लाख ९२ हजार ३७८ रुपियाँ हस्तान्तरण गर्नुभएको हो । उक्त सहयोग रकम आइतबार सार्वजनिक गरी पीडित सगुनलाई हस्तान्तरण […]

एमाले गण्डकी अधिवेशनको तयारी पुरा

विकल्प न्यूज/पोखरा असोज १४ गते ।  नेकपा एमाले  गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारबाट पोखरामा सुरु हुँदैछ । अधिवेशनका लागि प्रदेशका एघार जिल्लाबाट नौसय सात प्रतिनिधि छनोट भएका छन् । एमाले गण्डकीले आइतबार पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिएको हो । भोलिदेखि सुरु हुने अधिवेशन एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन […]

पर्वतमा बाढीले बगाएको जीप भेटियो: मृतक एकको सनाखत, बेपत्ता दुईको खोजी जारी

विकल्प न्यूज/पर्वत असोज १४ गते ।   पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जीप फेला परेको हो । जीपसँगै एक जना यात्रु मृत भेटिएका छन् । मृत भेटिनेमा रुपन्देहीको तिलोत्तमा गाउँपालिका-९ […]

तमादीखोला बाढिमा वेपत्ता २ यात्रुकाे पहिचान खुल्याे

१३ असोज, पर्वत । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने तमादीखोलामा शनिवार साँझा आएको बाढिले टाटा सुमो जीप बगाउँदा वेपत्ता ३ जना यात्रु मध्ये २ जनाको पहिचान खुलेको छ । भिषण बर्षात संगै खोलामा आएको बाढिले ग १ ज ६३१३ नम्बरको जीप बगाउँदा जीपमा सवार ३ […]

पर्वतको तमादीखाेलामा आएको बाढिले जीप बगायाे

पर्वत,असोज  १३  गते ।  पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् । बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप साँझ ६ः३० बजेतिर बाढीले बगाउँदा तीन पुरुषसहित गाडीसमेत बेपत्ता भएको हो । चार जना सवार उक्त जीपमा ड्राइभर भने हामफालेर बाँच्न […]

सत्र वर्षीय निमा रेन्जी शेर्पा धौलागिरिको चुचुरोमा

विकल्प न्यूज/बेनी असोज १३ गते ।   सत्र वर्षीय पर्वतारोही निमा रेन्जी शेर्पाले शुक्रबार विहान संसारको सातौं अग्लो धौलागिरि हिमालको सफल आरोहण गर्नुभएको छ । निमा सहित सेभेन समिट टे«क्सका अन्य १२ जनाले पनि धौलागिरिको आरोहण गरेका छन् । शरद ऋतुको सिजनमा धौलागिरिको शिखरमा पुग्ने यो पहिलो टोली बनेको छ । ८ हजार एकसय ६७ […]

प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधी खड्का र कार्कीलाई

विकल्प न्यूज/बेनी असोज १३ गते । बेनीमा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको खुल्ला पुरुषतर्फको उपाधी कास्की पोखराका विशाल खड्का र मनोहर कार्कीको जोडीले जितेका छन् ।म्याग्दी कोरला यातायात प्रा.ली.ले आयोजना गरेको दोस्रो कोरला कप व्याडमिन्टन प्रतियोगिताको फाइनलमा कास्कीका विशाल बस्नेत र आशिष श्रेष्ठको जोडिलाई पराजित गर्दै खड्का र कार्की च्याम्पीयन बन्नुभएको हो । […]

लायन्स क्लबको आयोजनामा बेनी अस्पतालमा रक्तदान कार्यक्रम

विकल्प न्यूज/बेनी असोज १३ गते । लायन्स क्लब अफ बेनी महारानीको आयोजना बेनी अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको रक्तसंचार सेवा केन्द्रको प्राविधिक सहयोगमा क्लबले शनिबार अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । ADV रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको डिस्ट्रीक ३२५ आई नेपालका एओजी संगिता श्रेष्ठले जानकारी दिनुभयो । […]

व्याजदर घटाउन बेनीका उद्योगी व्यवसायीको माग

विकल्प न्यूज/बेनी असोज १३ गते । बेनीका उद्योगी, व्यवसायीहरुले बैंकको व्याजदर घटाउनमा सहजीकरण गर्न माग गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा उद्योगी, व्यवसायी र बैंक, वित्तीय संस्थाका प्रतिनिधिहरुबीच अन्तत्र्रिmया कार्यक्रममा उद्योगी, व्यवसायीहरुले बैंकका प्रवन्धकलाई आग्रह गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले व्यापार तथा व्यवसाय दिनप्रतिदिन खस्कँदै गएकाले व्यापार […]

फापरखेतको पहिरोमा वैकल्पिक सडक र बेलिब्रिज बनाउन अध्ययन

 १३ असोज । म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययन भएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीको नेतृत्वमा पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद पौडेल सहित […]