म्याग्दी कांग्रेसको जिल्ला सम्मेलन पौष १ गते हुने

म्याग्दी, २७ मंसिर ।


नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले यही पौष १ गते जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ । पटक पटक विभिन्न कारणले रोकिएको जिल्ला सम्मेलन यही पौष १ गते मंका खलको सभाहलमा आयोजना गरिएको पार्टीका जिल्ला सचिव भरतबहादुर रकालले जानकारी दिनुभयो ।
सम्मेलनको उद्घाटन कार्यक्रमको प्रमुख वक्तामा नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा आउने कार्यक्रम रहेको रकालले जानकारी दिनुभयो । ‘पहिलो पटक तयारी नपुगेका कारण स्थगित भएको थियो दोस्रो पटक भुकम्पका कारण देश नै शोकमा भएका करण हुन सकेको थिएन उहाँले भन्नुभयो ।’
उक्त सम्मेलनमा ४१ वडाका करिब सात सय पचास क्षेत्रीय प्रतिनिधिहरु सहित अन्य कार्यकर्ता समेत उपपिस्थित हुने कांग्रेसले जनाएको छ । प्रत्येक बर्ष गर्नुपर्ने सम्मेलन यस पटपक अधिवेशनपछि पहिलो पटक हुन लागेकाले अहिले सम्म कार्य समितिले गरेका प्रगति र साँगठनिक, आर्थिक प्रतिवेदनको बिषयमा छलफल हुने रकालले बताउनुभयो ।