ताजा समाचार:
Search

प्रभु महालक्ष्मी इन्स्योरेन्सद्वारा मृत्युदावी रकम भुक्तानी

प्रताप बानियाँ/म्याग्दी ।
मंसिर २७ गते ।


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बेनी कार्यालय म्याग्दीबाट मृत्युदावी रकम भुक्तानी भएको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३, रुमका बीमित स्वर्गीय लालबहादुर विकको परिवारलाई बीमावापत मृत्युदावी रकम भुक्तानी गरिएको हो ।

स्व. विश्वकर्माले डेढ वर्षअघि पाँचलाख रुपैयाँको ‘लोकप्रिय धन फिर्ता’ बीमा योजनाअन्तर्गत साविक महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गर्नुभएको थियो । उहाँले दोस्रो किस्तासम्म बीमा गरेवापत ६२ हजार नौसय ४० रुपैयाँ तिर्नुभएको थियो । विश्वकर्माको ३१ वर्षको उमेरमा अल्पायुमै उपचारको क्रममा मृत्यु भएपछि उहाँको परिवारलाई सो बीमावापत दशलाख ३७ हजार पाँचसय रुपैयाँ मृत्युदावी वापतको बीमाको रकम भुक्तानी गरिएको छ ।
उक्त रकम स्व. विश्वकर्माका छोरा अनमोल विश्वकर्माको बैंक खातामा जम्मा गरी डमी चेक परिवारलाई हस्तान्तरण गरिएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको क्षत्रीय प्रमुख जमुना आचार्यले जानकारी दिनुभयो ।

उक्त रकम अघिल्लो साता मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले स्व. विश्वकर्माको परिवारलाई चेक हस्तान्तरण गर्नुभएको थियो । अध्यक्ष गर्बुजाले बीमा कम्पनीहरुले गाउँगाउँमा जीवन बीमासम्बन्धी विषयमा सचेतना फैलाउन आवश्यक रहेको बताउँदै जीवन बीमा गरेको खण्डमा भवितव्य परेमा बीमाले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा स्व. विश्वकर्माको बुबा हर्कबहादुर विश्वकर्माले छोराको उपचारमा धेरै खर्च भएको बताउँदै बीमाबाट प्राप्त रकमले नातिको अध्ययन तथा उपचारको क्रममा लागेको ऋण तिर्न सहयोग हुने भएकाले बीमा गरिदिने व्यक्ति र संस्थालाई धन्यवादज्ञापन गर्नुभएको थियो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडसँग भएको लोकप्रिय धन फिर्ता बीमा योजनाअन्तर्गत गरिएका जीवन बीमामा बीमा अवधि समाप्त नहुँदै बीमितको मृत्यु भएमा त्यो बेलासम्मको आर्जित बोनससहित रकम प्रदान गर्ने गरिएको छ ।

बीमितको कालगतिले मृत्यु भएमा बीमाङ्कको डबल र दुर्घटनाले मृत्यु भएमा बीमाङ्कको त्रिबल रकम भुक्तानी गरिने योजना सञ्चालनमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ । क्षत्रीय प्रमुख आचार्यको अध्यक्षता र बेनी कार्यालय प्रमुख रामजी आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा एजेन्सी म्यानजेजरहरु खरमाया बिटालु, राजमति पुन निस्कोटका वडा सदस्य तनदेवी पूर्जा र बीमितका बुबा लालबहादुर विश्वकर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।