समाचार

मोना म्याग्दीको दोस्रो अधिवेशन दरवाङमा सुरु (फोटोफिचर)

   

बिदेशमा आर्जन गरेको सीप र स्रोतलाई मुलुकको सम्बृद्धिमा परिचालन गरौ अध्यक्ष घले

सन्तोष  गौतम /विकल्प न्यूज असोज २२ गते । रआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले बिदेशमा आर्जन गरेको सिप र स्रोतलाई नेपालको सम्बृद्धीमा परिचालन गर्न चाहेको बताउनुभएको छ । मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा आईतबारदेखि सुरु भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष घलेले सो कुरा बताउनुभएको हो । “दुई […]

कालीगण्डकीले बगाएर एक बालीका वेपत्ता

सन्तोष गौतम । म्याग्दी २१ असोज । कालीगण्डकी नदीले बगाएर म्याग्दीमा शनिबार एक बालीका वेपत्ता भएकी छिन् । अन्नपूर्ण गाउँपालीका ६ मा पर्ने रातोपानीबाट कालीगण्डकीले बगाएर वेनपा २ की १२ वर्षिया कृष्ट्रीना थापा वेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । रातोपानी स्थित कालीगण्डकी किनारमा रहेको तातोपानी मा नुहाउने क्रममा चिप्लेर कालीगण्डकीमा खसेर थापा […]

बाथरोगको निःशुल्क स्वास्थ्य शिविर

विकल्प न्युज । बेनि असाेज २२ गते । बेनी नगरपालिका–४ तातोपानी स्थित तातोपानी कुण्ड व्यवस्थापन समितिको आयोजनामा शनिबार निःशुल्क बाथरोगसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।नेशनल बाथरोग सेन्टर पोखरा शाखाको प्राविधिक सहयोगमा सञ्चालीत १ दिने स्वास्थ्य शिविरमा नेशनल बाथरोग सेन्टर पोखरा शाखाका फिजिसियन तथा बाथरोग विशेषज्ञ डा. नरेन्द्रप्रसाद मैनाली नेतृत्वको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो […]

समाज रुपान्तरण र गरिबी निवारणमा सहकारी केन्द्रित हुन निर्देशन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ असोज । सहकारी तथा गरिवी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले सहकारी संस्थाहरुलाई समाज रुपान्तरण र गरिबी निवारणको क्षेत्रमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । बेनीमा रहेको दिदीबहीनी बचत तथा ऋण सहकारी संस्थाको शनिबार छैठौ वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा राज्यमन्त्री खड्काले समाज रुपान्तरण, महिला शशक्तिकरण र गरिवी निवारणको क्षेत्रमा केन्द्र्रित हुन निर्देशन […]

कुल आचार्यद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

विकल्प न्यूज/काठमाण्डौं असोज २१ गते । गैर आवासीय नेपाली संघको अक्टोबर १४ देखि १७ सम्म हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा युरोप क्षेत्र संयोजक कुल आचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उम्मेदवारी घोषण गर्दै उनले सात बुँदे प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेका छन्। प्रतिबद्धता पत्रमा प्रवासी नेपालीले भोग्नु परेका आप्रवासन, भिषा, राहदानी समस्यादेखि लगानीसम्मलाई समेटिएको छ। वैदेशिक […]

म्याग्दीमा पचहत्तर हजार मतदाता (विवरण सहित)

सन्तोष गौतम /विकल्प न्यूज बेनी २० असोज । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीमा साढे पचहत्तर जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल ७५ हजार ५३८ जना मध्य ३९ हजार ४३५ जना महिला र ३६ हजार १०२ जना पुरुष मतदाता रहेका छन् । वि.स २०७४ साउन मसान्तसम्म तस्विर सहितको मतदाता […]

एमाले म्याग्दीद्धारा उमेद्वार सिफारिस

विकल्प न्यूज/बेनी बेनी २० असोज । नेकपा एमाले म्याग्दीले आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उमेद्वारको नाम सिफारिस गरेको छ । बेनीको हाँडेभिर स्थित पार्टी कार्यालयमा बिहीबार र शुक्रबार बसेको जिल्ला कमिटि बैठकले प्रत्यक्ष र समानुपातीक तर्फका उमेद्वार सिफारिस गरेको छ । प्रदेशसभाको क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ बैकल्पीक केन्द्रिय सदस्य […]

बृहत बाम एकिकरण प्रकृयाको खुसीयालीमा चियापान तथा शुभकामना आदान प्रदान

थम्मन थापा सन्देश  गलकोट बागलुङ असोज २० जिल्लाको गलकोट नगरपालिकामा बामपन्थी घटकहरुको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । केन्द्रिय तहमा बृहत बाम एकता सॅगै चुनावी तालमेल गर्ने नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाॅ शक्ति पार्टी बिच भएको सहमति पछि गलकोटमा पनि विभिन्न राजनैतिक दलहरुले सामुहिक खुसियाली मनाएका हुन । चियापान […]

सच्चा बामपन्थी र क्रान्तिकारी शक्तिहरुबीच धु्रबीकरण गर्दछौ ः सिपी गजुरेल

सन्तोष गौतम बेनी २० असोज । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेलले नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति बीचको चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमतीलाई वामपन्थी आन्दोलनका दक्षिणपन्थीहरुको गठनबन्धन भएको टिप्पणी गर्नुभएको छ । बेनीमा शुक्रबार पत्रकारहरुसंग कुराकानी गर्दै देशभक्त राष्ट्रभक्त जनतान्त्रीक मोर्चाका संयोजक समेत रहेका गजुरेलले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिका […]

मोनाको महाधिवेशनको तयारी अन्तिम चरणमा

सन्तोष गौतम \ विकल्प न्युज म्याग्दी १९ असोज । रोजगार, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको आईतबारदेखि हुने दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ । मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा असोज २२, २३ र २४ गते हुने […]

काँग्रेस म्याग्दीद्धारा प्रतिनिधि र प्रदेशसभा उम्मेदवार सिफारिस

सन्तोष गौतम / विकल्प न्युज म्याग्दी १९ असोज ।आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि नेपाली काँग्रेस म्याग्दीले उम्मेदवार सिफारिस गरेको छ । मंगलबार र बुधबार बेनी स्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्ष र समानुपातीक तर्फका उमेद्वार छनौट गरी सिफारीस गरेको हो । काँग्रेस म्याग्दीले प्रतिनिधि सभामा […]

यसरी हुँदैछ भागवण्डाः एमालेलाई ९९ माओवादीलाई ६६ !

काठमाडौं १८ असोज नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच चुनावी तालमेलका लागि मंगलवार भएको सहमति अनुसार मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा एमालेले ९९ ठाउँमा मात्र उम्मेदवार उठाउने देखिएको छ । कुल १ सय ६५ निर्वाचन क्षेत्र मध्ये एमालेले ६० प्रतिशत अर्थात ९९ क्षेत्रमा उम्मेदवार उठाउने भएको हो । ४० प्रतिशत हिस्सा पाएको माओवादी […]

अपडेट ः कागबेनीमा बस दुर्घटना तीनको मृत्यु, २० जना घाईते

राकेश शर्मा/विकल्प न्यूज जोमसोम (मुस्ताङ) १७ असोज । मुस्ताङको कागबेनीमा मंगलबार साँझ माईक्रोबस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । बिस जना घाइते भएका छन् । मुक्तिनाथबाट जोमसोम आउँदै गरेको ग १ ख ५५२९ नम्बरको माईक्रोबस दुर्घटना हुँदा तिन जनाको घटनास्थलमै मृत्यु भएको मुस्ताङका प्रहरी नायव उपरिक्षक रामहरी पाण्डेले जानकारी दिनुभयो । जिल्ला प्रहरी […]

एमाले, माओवादी र नयाँ शक्तिबीच ६ बुँदे सहमति, चुनावमा तालमेल, लगतै पार्टी एकता

१७ असोज, काठमाडौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र लगतै एउटै कम्युनिष्ट पार्टी बनाउनेसहित ६ बुँदे सहमति भएको छ । सहमतिकर्ता दलका नेताहरुले यो सहमतिलाई ऐतिहासिक भनेका छन् । सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका […]