म्याग्दीमा पचहत्तर हजार मतदाता (विवरण सहित)

सन्तोष गौतम /विकल्प न्यूज
बेनी २० असोज ।
old vdc new wards
आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीमा साढे पचहत्तर जना मतदाता कायम भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल ७५ हजार ५३८ जना मध्य ३९ हजार ४३५ जना महिला र ३६ हजार १०२ जना पुरुष मतदाता रहेका छन् । वि.स २०७४ साउन मसान्तसम्म तस्विर सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मध्य अठार वर्ष उमेर पुरा भएकाहरुको नाम समावेश रहेको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताउनुभयो ।

सबैभन्दा बढी बेनी नगरपालिकामा १९ हजार ६०५, रघुगंगा गाउँपालीकामा १२ हजार ३७३, मंगला गाउँपालीकामा ११ हजार ५८८ जना मतदाता रहेका छन् । यसैगरी मालीका गाउँपालीकामा ११ हजार ३१४, अन्नपूर्ण गाउँपालीकामा ११ हजार १५ र धौलागिरी गाउँपालीकामा नौ हजार ६४३ जना मतदाता छन् ।

गत बैशाख ३१ गते पहिलो चरणमा स्थानीय तह निर्वाचन भएको म्याग्दीमा ७१ ह्जार ४६३ जना मतदाता रहेकोमा ४८ हजार ३१८ जनाले मतदान गरेका थिए । स्थानीय तह निर्वाचनपछि मृत्यु भएका र बसाईसराई गरेकाको नामावली हटाउँदा तथा छुटेका र नया थपिएकालाई समावेश गर्दा चार हजार ७५ मतदाता थपिएका छन् ।

म्याग्दीमा प्रदेशसभाका लागि २ र प्रतिनिधिसभाका लागि १ वटा निर्वाचन क्षेत्र कायम भएको छ । बेनी नगरपालीका, रघुगंगा र अन्नपूर्ण गाउँपालीका प्रदेश सभाको क्षेत्र नम्बर १ तथा मंगला, मालीका र धौलागिरी गाउँपालीका क्षेत्र नम्बर २ मा समावेश भएका छन् ।