ताजा समाचार:
Search

यसरी हुँदैछ भागवण्डाः एमालेलाई ९९ माओवादीलाई ६६ !

काठमाडौं १८ असोजuml-mao नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच चुनावी तालमेलका लागि मंगलवार भएको सहमति अनुसार मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा एमालेले ९९ ठाउँमा मात्र उम्मेदवार उठाउने देखिएको छ ।

कुल १ सय ६५ निर्वाचन क्षेत्र मध्ये एमालेले ६० प्रतिशत अर्थात ९९ क्षेत्रमा उम्मेदवार उठाउने भएको हो । ४० प्रतिशत हिस्सा पाएको माओवादी केन्द्रले ६६ स्थानमा उम्मेदवार उठाउन पाउने छ । गत संविधानसभा चुनावमा माओवादीले २ सय ४० सिटमध्ये २६ स्थानमा मात्र प्रत्यक्ष चुनाव जितेको थियो ।

एमाले र माओवादीले बाडफाड गरेका ६०/४० को हिस्साबाटै डा. बाबुराम भट्टराइ नेतृत्वको नयाँ शक्ति र हृदयश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहले प्रत्यक्ष तर्फको क्षेत्र पाउने छन् । राजपाबाट अलगिएका त्रिपाठी लगायतका नेताले एमालेको चुनाव चिह्न सूर्य लिएर चुनाव लड्ने सहमति गरिसकेका छन् ।
3-party-agriment-1निर्वाचन आयोगबाट आँखा चुनाव चिह्न पाएपनि बाबुराम समेत सूर्य चिह्नबाट चुनाव लड्ने छन् । चुनावी तालमेल घोषणा सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले बाबुरामले सूर्य चिन्हबाट चुनाव लड्ने बताएका थिए ।

ओलीले आफूहरुले भागवण्डा गरेको ६०/४० को हिस्साबाटै नयाँ शक्ति लगायत वामपन्थी एकतामा समेटिनेलाई सिट दिइने बताएका थिए । काठमाडौंमा तीनदलबीच चुनावी तालमेलको घोषणा भइरकेको समयमा एमालेका क्षेत्रीय कमिटिले सम्भावित उम्मेदवारको नाम सिफारिश गरिरहेका थिए ।

एमाले उम्मेदवारका आकाक्षी धेरै भएका कारण उम्मेदवारको व्यवस्थापनमा समस्या देखिएको नेताहरु बताउँछन् ।

भागवण्डाको मापदण्ड बनाइदै !

चुनावपछि पार्टी एकीकरण गर्ने घोषणा गरिसकेका माओवादी र एमाले नेताहरुले उम्मेदवारीको भागवण्डा मिलाउन मापदण्ड बनाउने तयारी गरेका छन् ।

दुई दलबीच चुनावी तालमेलको गृहकार्यमा संलग्न नेताहरु लागेका छन् ।

यसअघि चुनाव जितेका क्षेत्रमा सोही दललाई प्राथमिकता दिनेगरी क्षेत्र निर्धारणको भागवण्डा मिलाउन लागिएको दुइ दलका नेताहरु बताउछन् ।

काठमाडौं उपत्यकामा १५ सिट मध्ये कम्तिमा ६ वटा क्षेत्रमा माओवादीले उम्मेदवार उठाउने छ । काठमाडौंका १० मध्ये ४ तथा भक्तपुर र ललितपुरका ५ मध्ये २ क्षेत्र एमालेले माओवादीलाई छाड्ने छ । lokaantar.com