ताजा समाचार:
Search

एमाले म्याग्दीद्धारा उमेद्वार सिफारिस

विकल्प न्यूज/बेनी
बेनी २० असोज ।

uml
नेकपा एमाले म्याग्दीले आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उमेद्वारको नाम सिफारिस गरेको छ । बेनीको हाँडेभिर स्थित पार्टी कार्यालयमा बिहीबार र शुक्रबार बसेको जिल्ला कमिटि बैठकले प्रत्यक्ष र समानुपातीक तर्फका उमेद्वार सिफारिस गरेको छ ।

प्रदेशसभाको क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापा, जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, सचिव बालकृष्ण सुवेदी, सन्तोष रावल, तर्क केसी, प्रेमबहादुर कार्की, नारायण जिसी र लोकबहादुर भण्डारीको नाम सिफारिस भएको छ ।

प्रदेशसभाको क्षेत्र न. २ को प्रत्यक्षतर्फ सांसद नवराज शर्मा, सांसद नरदेवी पुन, बलभद्र ढकाल, याम गर्बुजा र रेशम भण्डारीलाई सिफारिस गरिएको जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ प्रदेशतर्फ सिफारिस भएका मध्य कुनै एक नेतालाई उमेद्वार छनौट गर्न प्रदेश र केन्द्रिय कमिटिलाई सिफारिस गर्ने निर्णय भएको छ ।harikrishna-umlबैकल्पीक केन्द्रिय सदस्य थापा, जिल्ला अध्यक्ष श्रेष्ठ, सांसदद्धय शर्मा र पुन मध्यबाटै उमेद्वार छनौट हुने सम्भावना बढी छ । प्रतिनिधिसभाको समानुपातीकतर्फ मुना बानियाँ, केपी अधिकारी, देउप्रसाद छन्त्याल, कृष्णकुमार बिक, होमबहादुर थापा र यसोदा रोका तथा प्रदेशतर्फ धनबहादुर गुरुङ, यामबहादुर खड्का, शंकर शेरचन, प्रेमप्रसाद रेग्मी, तेजबहादुर गुरुङ, पशुपती शाही, मिठु थापा र बिष्णु गुरुङको नाम सिफारिस भएको छ । सहमतिमा उम्मेदवार सिफारिसको प्रयास असफल भएपछि आकांक्षी जति सवैको नाम समावेश गरेर केन्द्रमा सिफारिस गरिएको एमालेले जनाएको छ ।