अपडेट ः कागबेनीमा बस दुर्घटना तीनको मृत्यु, २० जना घाईते

राकेश शर्मा/विकल्प न्यूज
जोमसोम (मुस्ताङ) १७ असोज ।

mustangमुस्ताङको कागबेनीमा मंगलबार साँझ माईक्रोबस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ ।

बिस जना घाइते भएका छन् । मुक्तिनाथबाट जोमसोम आउँदै गरेको ग १ ख ५५२९ नम्बरको माईक्रोबस दुर्घटना हुँदा तिन जनाको घटनास्थलमै मृत्यु भएको मुस्ताङका प्रहरी नायव उपरिक्षक रामहरी पाण्डेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार माईक्रोबसका चालक बागलुङको निसीखोला गाउँपालीका ६ का २५ वर्षिय खिमबहादुर बुढामगर, बिराटनगर महानगरपालीका ८ का ५४ वर्षिय गणेश सुवेदी र किर्तीपुर नगरपालीका १२ की २४ वर्षिया शर्मीला दुलालको मृत्यु भएको छ ।

mustang accidnet घाईतेहरुको जिल्ला अस्पताल जोमसोममा उपचार भैरहेको छ । छ जनाको अवस्था गम्भिर छ । अरु सामान्य छन् । माईक्रोबसमा चालक सहित २३ जना सवार थिए । उनिहरु मुक्तिनाथ दर्शन गरेर फर्कदै थिए ।

ओरालो र घुम्ती बाटोमा ब्रेक नलागेपछि बस सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । सो स्थानमा गत बैशाखमा पनी माईक्रोबस दुर्घटना हुँदा चार जनाको ज्यान गएको थियो ।