समाचार
दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजना अलपत्र,लगानीकर्ता चिन्तित

बेनी, माघ ११ गते । म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो । विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको पहिलो अडिटको […]
गोठमै मितेरी साइनो लगाउँदा…

म्याग्दी (बेनी), माघ १० गते । गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिनुभएको छ । जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५ मल्कबाङको भेडीगोठमा काम गर्न आउनुभएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै आउनुभएका तुलाचनसँग मीत लगाउनुभएको हो । कास्कीको भुजुङखोलामा अरुको घरमा काम गरेर जीविका चलाउँदै आउनुभएका घले […]
म्याग्दीबाट ६ महिनाको अवधिमा अख्तियारमा ३९ उजुरी

विकल्प न्यूज/बेनी माघ ९ गते । म्याग्दीबाट अख्तियार दुरूपयोग अनुसन्धान पोखरामा ६ महिनाको अवधिमा ३९ उजुरी परेका छन् । चालु आर्थिक बर्ष २०८०\८१ मा म्याग्दीका ६ वटा स्थानीय तहमा खानेपानी, सडक, शिक्षा लगायत विभिन्न विषयमा सो उजरी परेको हो । अख्तियार दुरपयोग अनुसन्धान केन्द्र पोखराले मंगलबार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरेको एक कार्यक्रममा अल्या […]
बेनी नगरका ग्रामिण क्षेत्रमा किन धमाधम खाली हुँदैछन् सामुदायिक विद्यालय ?

ठाकुरप्रसाद आचार्य/बेनी माघ ९ गते । बेनी नगरका ग्रामिण क्षेत्रमा सामुदायिक विद्यालयहरु धमाधम खाली हुँदैछन् । स्थानीय राजनीतिक दलहरुको शिक्षा सम्बन्धि नीति प्रष्ट नहुनु, राजनीतिक दलका नेता,जनप्रतिनिधि र शिक्षकको निजी विद्यालयमा लगानी बढ्दै जानु सामुदायिक विद्यालय खाली हुँदै जाने प्रमुख कारण बनेको हो । समाजमा रहेका प्रतिष्ठित व्यक्तिहरु नै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा क्रियाशिल […]
बेनीमा प्रथम म्याग्दी भलिबल कप सुरु

ठाकुरप्रसाद आचार्य माघ ९ गते । बेनीमा प्रथम म्याग्दी भलिबल कप सुरु भएको छ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनी स्थित खुल्ला मञ्चको खेलमैदानमा मंगलबार देखि अन्तर मावि छात्रछात्रा तथा शिक्षक शिक्षिका बीच भलिबल प्रतियोगिता सुरु भएको हो । भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ १२ वटा विद्यालयको सहभागिता जानकारी […]
एकीकृत समाजवादी जलजलाका नेता एमालेमा फर्किए

विकल्प न्यूज/बेनी माघ ९ गते । एकिकृत समाजवादी जलजला कमिटीका अध्यक्ष लालवीर पुन एमालेमा फर्किनुभएको छ । पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा एक कार्यक्रमका बीच एकिकृत समाजवादी जलजलाका नेता समेत रहनुभएका पुन एमालेमा फर्किएको पालिका कमिटीका सचिव महेन्द्र रेग्मीले जानकारी दिनुभयो । नेता पुनलाई नेकपा एमालेका गण्डकी प्रदेश सदस्य लालबहादुर अधिकारीले पार्टीमा स्वागत गर्नुभयो । […]
सुन्दर छ चिमखोलाको सोवाङ धुरी

विकल्प न्यूज/बेनी माघ ९ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क– खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क– नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन् । क्लबका उपाध्यक्ष टीका पुनका अनुसार चिमखोलाबाट समुद्री सतहबाट तीन हजार आठ सय ४० मिटर उचाइको सोवाङ धुरी पुग्ने पदमार्ग पहिचान […]
इन्डियन आइडलको टप १० मा नेपालकी मेनुका

विकल्प न्यूज\बेनी माघ ८ गते । भारतको चर्चित रियालिटी शो इन्डियन आइडलबाट लोकप्रिय बन्दै गएकी गायिका मेनुका पौडेलले उत्कृष्ठ १० मा स्थान सुरक्षित गरेकी छन् । नेपाल आइडल र सारेगामापामा उत्कृष्ठ ११ बाट बाहिरिएकी मेनुकाले ११ नम्बरको ‘च्यानल गेट’ पार गरिन् । मेनुकाका शिक्षक खिलप्रसाद शिवाकोटीले भने,‘११ नम्वरको खड्को पार गरेपछि मेनुकाको सम्भावना थप बलियो […]
‘लोकतन्त्र बलियो बनाउन काँग्रेस बलियो हुनुपर्छ’

पर्वत, माघ ८ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र बलियो बनाउन कांग्रेस सुदृढ हुनुपर्ने बताउनुभएको छ । सोमबार पर्वतको कुश्मामा नेपाली कांग्रेस पर्वतको दोस्रो सम्मेलनलाई उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । बलियो काँग्रेस भएमा मात्र लोकतन्त्र बलियो हुने उहाँले चर्चा गर्नुभयो । ’काँग्रेस आँफैमा एकताबद्ध भएमा मात्र अन्य […]
जलजलाको लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना हुँदै

विकल्प न्यूज/बेनी माघ ८ गते । पर्वतको जलजला गाउँपालिका ५ लेखफाँटको लोप्रेमा ११ औं लाटोकोसेरो तथा हुचिलको संरक्षणका लागि उत्सव आयोजना गर्न लागिएको छ । लाटोकोसेरो तथा हुचिलको संरक्षणको अभियानका रूपमा आयोजना हुँदै आएको ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव’ यस वर्ष जलजलामा आयोजना गर्न लागिएको हो। १० औँ संस्करणको उत्सव कैलालीमा आयोजना गरिएकोमा यस वर्षको […]
भाषणमै सिमित बन्यो बेनीको देवशिला पार्क

विकल्प न्यूज/बेनी माघ ८ गते । भारतको अयोध्या पु¥याइएको देवशिलाको उत्खनन स्थलमा बनाइने भनिएको देवशिला पार्कको योजना एकवर्ष वितिसक्दा पनि अघि बढ्न सकेको छैन । आज अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । यहाँबाट लगिएको शिलाालई पूजा र दर्शनका लागि राखिएको छ । एकवर्ष अघि देवशिला अयोध्या पठाउने क्रममा बेनी नगरपालिकाका जनप्रतिनिधहरुले उक्त स्थलमा देवशिला […]
गलेश्वर स्थित देवशिलाको उद्गमस्थलमा पूजापाठ र दीप प्रज्वलन (फोटोसहित)

ठाकुरप्रसाद आचार्य /बेनी माघ ८ गते । भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राणप्रतिष्ठाको साइत पारेर म्याग्दीको गलेश्वरधाम स्थित कालिगण्डकी नदी किनारमा सोमबार लाख बत्ती प्रज्वलन र पूजापाठ गरिएको छ । गत वर्ष गलेश्वर नजिक कालिगण्डकी नदी किनारबाट रामललाको मुर्ति बनाउन दुईवटा देवशिला अयोध्या लगिएको थियो । देवाशिला उत्खनन गरिएको कालिगण्डकी नदी किनारलाई श्रीरामघाट नामाकरण गरिएको […]
जलविद्युत आयोजनाले गाउँको स्वरूप बिग्रने खतरा

ठाकुरप्रसाद आचार्य म्याग्दी, पुस २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलावासीहरुले गाउँको स्वरूप नै बिग्रने गरी जलविद्युत आयोजना नबनाउन माग गरेका छन् । चिमखोला गाउँ भएर बग्ने बगर खोलामा मोना हाइड्रोपावर कम्पनीले साढे पाँच मेगावाट क्षमताको बगर खोला जलविद्युत आयोजना निर्माणको तयारी थालेपछि स्थानीयहरूले विरोध जनाएका हुन । कम्पनीले आयोजना निर्माणको तयारी थालेपछि चिमखोलाका स्थानीयवासीहरुले […]
सरकारले बाँझो जमिन प्रयोगमा ल्याउन जोड दिएको छ–मन्त्री भुषाल

सिंगा, २७ पुष ः कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदराम भुषालले सरकारले बाँझो जमिन प्रयोगमा ल्याउन जोड दिएको बताउनु भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शुक्रबार हरियाली ग्रुप प्रा.ली.को पाँचौ वार्षिक साधारणसभा उद्घाटन गर्नुहुदै नागरिकको जिवनशैलीमा आएको परिवर्तनका कारण खेतीयोग्य जमिन बाझो बन्न थालेको बताउनुभयो । देशभर कुुल ४१ लाख हेक्टर जमिन मध्य ११ […]
भत्किने अवस्थामा पुग्यो कर्मचारी मिलन केन्द्रको भवन

विकल्प न्यूज\बेनी पुस २६ गते । कर्मचारी मिलन केन्द्र म्याग्दीको भवन प्रयोग विहिन भएको छ । संघीयता कार्यान्वयन सँगै बेनी बजारको विरेन्द्रचोकमा रहेको कर्मचारी मिलनकेन्द्रको भवन प्रयोग विहिन भएको हो । एउटा सभाहल सहितको एकतल्ले भवन मर्मत सम्भार नहुँदा भत्किने अवस्थामा पुगेको छ । कुनै समय दैनिक रुपमा सानातिना कार्यक्रमहरु यहि भवनमा हुन्थे । विहान […]