ताजा समाचार:
Search

समाचार

१६ औ जेसीजकपको उपाधी वेष्ट पोईन्टले चुम्यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, १८ पुस । म्याग्दीको बेनीमा सम्पन्न अन्तर मावि जिल्ला स्तरीय १६ औ जेसीज कप फुटवल प्रतियोगितामा न्यु वेष्ट पोईन्ट आवासीय मावि च्याम्पीएन  बनेको छ । म्याग्दी जेसीजले आयोजना गरेको प्रतियोगिताको मंगलबार भएको फाईनल खेलमा माउन्ट एभरेष्ट आवासीय माविलाई २ का विरुद्ध तिन गोल गर्दै वेष्ट पोईन्टले उपाधी जितेको हो । माउण्ट […]

म्याग्दीको विकास ः किन थला परे यि आयोजना ?

सन्तोष गौतम/विकल्प न्यूज पुस १८ गते । तस्विर बेनी–दरवाङ सडक अन्तरगत मालीका र मंगला गाउँपालिकाको सिमानामा पर्ने दुखु खोलामा मोटरेबल निर्माणको काममा परिचालीत मजदुर र हेभी ईक्युभमेन्ट (डोजर) । वि.स २०६८ देखि सुरु भएको दुखुखोला मोटरेबल पुल निर्माण कार्य ढिलासुस्तीको नमुना बनेको छ । चार वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित वि.स २०६६ देखि नेपाल विद्युत […]

टीका वहादुरको अपिल ः “मलाई बचाउँ”

विकल्प न्यूज/बेनी पुस १७ गते । म्याग्दीको बेनी नगरपालिका वडा ९ स्थायी घर भएका टीकाबहादुर खत्रीले ओछ्यान बाट सहयोगको अपिल गरेका छन । आर्थिक अवस्था कमजोर भएका खत्री बिगत दुई महिना देखि हाडजोर्नीको कारण बाट ग्रसित भएका हुन । आर्थिक अवस्था कमजोर भएपछि खत्रीलाई उपचारमा समस्या भएको परिवारले जनाएका छन् । रकम अभावमा अस्पतालको समान्य […]

सडक खन्दा नहर पुरीएपछि कस्केरीमा सिँचाईको समस्या

विकल्प न्यूज/बेनी पुस १७ गते । म्याग्दीको मंगला गाउँपालिका २ सिमलचौरको कस्केरीमा मोटरबाटो खन्दा नहर पुरीएपछि सिँचाईका लागि समस्या भएको छ । बेनी दरवाङ सडकखण्डको कस्केरी खण्डदेखि नेवारेखोला कुहुँ हुदै जोड्ने सडक निर्माणका क्रममा नेवारेखोला सिँचाई आयोजनाको नहर पुरीएको थियो । गत बर्ष सडक निर्माणका क्रममा नहर पुरीएपछि कस्केरीको फाँटमा सिँचाईको समस्या भएको हो । […]

बनपाखामा खेर जाने अल्लो पुवा आम्दानीको माध्यम

विकल्प न्यूज/बेनी पुस १७ गते । वनपाखामा कुहीएर खेर गैरहेको अल्लोको पुवा पछिल्लो समय आम्दानीको माध्यम बनेको छ । उच्च पहाडी क्षेत्रको जंगलमा पाईने अल्लो पुवाको प्रसोधन गरेर धागो र कपडा बनाउन थालीएपछि स्थानीयले आयआर्जनको अवसर पाएका हुन् । धौलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मल्कवाङ, रघुगंगा गाउँपालिकाको कुईनेमंगले, पाखापानी, चिमखोला क्षेत्रको जंगलमा अल्लोको पुवा संकलन […]

जेसीजकप ः मंगलबार माउण्ट एभरेष्ट र वेष्ट प्वाइन्टको फाइनल भिडन्त

विकल्प न्यूज/बेनी पुस १७ गते । सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा माउण्ट एभेरेष्ट र न्यू वेष्ट प्वाइन्ट आवसीय मावि फाईनल प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाईनल खेलमा बुद्ध एकेडेमिलाई पराजीत गर्दै साविक विजेता माउण्ट र केवी एकेडेमिलाई पराजीत गर्दै साविक उपबिजेता– न्यू वेष्ट प्वाइन्टले फाईनल यात्रा […]

जनप्रतिनिधिले भने “पूर्वाधार आयोजनामा किन ढिलासुस्ती ?”

सन्तोष गौतम/विकल्प न्यूज बेनी १७ पुष । म्याग्दीमा सञ्चालित पूर्वाधार आयोजनामा भैरहेको ढिलासुस्तीप्रति जनप्रतिनिधिहरुले चासो देखाएका छन् । सडक, भवन, नदी नियन्त्रण, सिँचाई, खानेपानी, जलविद्युत लगायत पूर्वाधार सम्बन्धि योजना समयमा सुरु र सम्पन्न नहुने, अलपत्र पर्ने समस्या समाधानका लागि जनप्रतिनिधिहरुले पहल थालेका हुन् । जिल्ला समन्वय समितिको आयोजनामा सोमबार बेनीमा स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत […]

म्याग्दीमा पहिलो पटक टिम्मुर प्रसोधन गर्ने औजार भित्रीयो

विकल्प न्यूज/बेनी पुस १७ गते । म्याग्दीमा मसलेदार फल टिम्मुरको प्रसोधन गर्ने औजार भित्रीएको छ । बेनी नगरपालिका ९ तोरीपानीको निलपहरा सामुदायिक वन उपभोक्ता समूहले जिल्लामै पहिलो पटक टिम्मुर सुकाउने, प्रसोधन, तौलने र पिधेर मसला बनाउने औजार भित्र्याएको हो । जिल्ला वन कार्यालय म्याग्दीको दश लाख रुपैयाँ अनुदानमा औजार खरिद गरिएको समूहका सागर बानियाँले जानकारी […]

खबरामा सिँचाईका लागि पोखरी

विकल्प न्यूज/बेनी पुस १७ गते । पोखरी निर्माण भएपछि कृषकहरुलाई सिँचाई गर्न सहज भएको छ । पर्याप्त पानीको स्रोत नभएको ठाउँमा पोखरीमा पानी संकलन गरेर सिँचाई गर्ने व्यवस्था मिलाइएको हो । थोरै पानीको स्रोत भएको ठाउँमा पोखरीमा संकलन गरेर आपुर्ती गर्दा खेतीबालीमा सिँचाई गर्न सहज भएको कृषकहरुले बताएका छन् । पोखरी निर्माण भएपछि सुख्खा याममा […]

महभिर झरना पर्यटकको पर्खाइमा

विकल्प न्यूज/बेनी पुस १७ गते । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानको महभिर झरना ओझेलमा परेको छ । प्रचारप्रसार र पूर्वाधारको अभावका कारण बेनी–जोमसोम सडकको छेउमै रहेको मनमोहक र आकर्षक महभिर झरना ओझेलमा परेको हो । बेनी–जोमसोम सडकमा सवारी साधन मार्फत दैनिक हजारौ आन्तरीक तथा बाह्य पर्यटक ओहोर दोहोर गरेपनी नजिकै […]

बेनीका मासु व्यवसायीको यस्तो खेलबाड कहिलेसम्म….?

सन्तोष गौतम/विकल्प न्यूज बेनी १७ पुष । म्याग्दीको सदरमुकाम बेनीमा बधशालाको अभाव भएको छ । व्यवस्थित बधशाला र बधस्थलको अभावमा उपभोक्ता अस्वस्थ्यकर तवरले दुषित ठाउँमा बध गरिएको मासु उपभोग गर्न बाध्य छन् । अव्यवस्थित बधस्थलका कारण नदी र नजिकैको बस्तीका बासिन्दा प्रदुषणको चपेटामा परेका छन् । बेनीका मासु व्यवसायीले खुल्ला मञ्च नजिकै रहेको बधस्थल र […]

जेसीजकपका खेलहरु सेमिफाईनलमा प्रवेश

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, १६ पुस । साविक विजेता माउण्ट एभरेष्ट, उप–बिजेता न्यू वेष्ट प्वाईन्ट आवसीय मावि, बुद्ध एकेडेमी र केवी एकेडेमी दरबाङ १६ औँ जेसीज कप फुटवल प्रतियोगिताको सेमी फाईनलमा पुगेका छन् । म्याग्दी जेसीजको आयोजनामा बेनीमा सञ्चालित प्रतियोगिताको आईतवार भएको क्वाटरफाईनलमा प्रकाश माविलाई ० का विरुद्ध १ गोल गर्दै माउण्ट सेमिफाईनलमा प्रवेश गरेको […]

म्याग्दी महोत्सवका लागि आर्थिक स्रोत जुटाउने अभियानलाई तिब्रता

 सन्तोष गौतम/विकल्प न्यूज बेनी १६ पुष । पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाका लागि आर्थिक स्रोत संकलन अभियानलाई तिब्रता दिइएको छ । महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले प्रायोजक र दाताहरुको खोजीलाई तिब्रता दिएको […]

यसरी हुँदै छ बेनी बजार संरक्षण

विकल्प न्यूज/बेनी पुस १६ गते ।   म्याग्दीको सदरमुकाम बेनीबजारलाई कालिगण्डकी र म्याग्दी नदीको कटानबाट जोगाउन संरक्षण आयोजना सुरु गरिएको छ । आयोजनामा यतिखेर तिव्र तरिकाले काम भइरहेको छ । नदी कटानका हिसावमा सदरमुकाम बेनी नेपालकै ७ औं जोखिमयुक्त सदरमुकाम मानिन्छ । चालु आर्थिक वर्षमा बेनी बजार संरक्षण आयोजनालाई ११ करोड रुपियाँ विनियोजन भएको छ […]

मल्कबाङ्गका बासिन्दाको पहलमा कल्भर्ट पुल निर्माण

सन्तोष गौतम/विकल्प न्यूज बेनी १६ पुष ।  म्याग्दीको धौलागिरी गाउँपालिका ५ मल्कबाङ्गका बासिन्दाको पहलमा कल्भर्ट पुल निर्माण भएको छ । स्थानीय जनजागृति मावि नजिकै रहेको स्कुलको खोल्सामा कल्भर्ट पुल निर्माण भएको हो । स्थानीयबासीको सक्रियतामा सात मिटर लम्बाई र डेढ मिटर चौडाई भएको ढलान गरिएको पक्कि कल्भर्ट पुल निर्माण भएको छ । मल्कबाङग्का बासिन्दा र […]