सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी, १६ पुस ।
साविक विजेता माउण्ट एभरेष्ट, उप–बिजेता न्यू वेष्ट प्वाईन्ट आवसीय मावि, बुद्ध एकेडेमी र केवी एकेडेमी दरबाङ १६ औँ जेसीज कप फुटवल प्रतियोगिताको सेमी फाईनलमा पुगेका छन् ।
म्याग्दी जेसीजको आयोजनामा बेनीमा सञ्चालित प्रतियोगिताको आईतवार भएको क्वाटरफाईनलमा प्रकाश माविलाई ० का विरुद्ध १ गोल गर्दै माउण्ट सेमिफाईनलमा प्रवेश गरेको हो । बेनी सामुदायिक माविलाई ० का विरुद्ध ११ गोल गर्दै न्यू वेष्ट प्वाइन्ट, लिटल गार्डेन एकेडेमिलाई १ का विरुद्ध ५ गोल गर्दै बुद्ध एकेडेमि र म्याग्दी एकेडेमि सिंगालाई २ का विरुद्ध ३ गोल गर्दै केवी एकेडेमि दरबाङले सेमिफाईनल यात्रा तय गरेका हुन् ।
सोमबार हुने सेमिफाईनलमा माउण्ट एभरेष्ट र बुद्ध एकेडेमी तथा न्यू वेष्ट प्वाइन्ट र केवी एकेडेमी दरबाङका बिच फाईनल प्रवेशको लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा बिजेता र उपबिजेताले रनिङ शिल्ड, कप, ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ३४ हजार र १७ हजार रुपैया पुरस्कार प्राप्त गर्ने म्याग्दी जेसीजका शाखा अध्यक्ष नारायणकुमार बरालले जानकारी दिनुभयो ।
प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, म्यान अफ द म्याच घोषित हुने व्यक्तिहरुलाई समेत पुरस्कृत गरिने जेसीजले जनाएको छ । शनिबारदेखि बेनीमा सुरु भएको प्रतियोगितामा १२ विद्यालयको सहभागीता रहेको छ । प्रतियोगिताको प्रमुख प्रायोजक सन्तोष श्रेष्ठ स्मृति कोष रहेको छ ।