टीका वहादुरको अपिल ः “मलाई बचाउँ”

विकल्प न्यूज/बेनी
पुस १७ गते ।

ram jpg (1)म्याग्दीको बेनी नगरपालिका वडा ९ स्थायी घर भएका टीकाबहादुर खत्रीले ओछ्यान बाट सहयोगको अपिल गरेका छन ।
आर्थिक अवस्था कमजोर भएका खत्री बिगत दुई महिना देखि हाडजोर्नीको कारण बाट ग्रसित भएका हुन । आर्थिक अवस्था कमजोर भएपछि खत्रीलाई उपचारमा समस्या भएको परिवारले जनाएका छन् ।

रकम अभावमा अस्पतालको समान्य उपचार पछि खत्री घर फर्किएका हुन । अहिले खत्री ओछ्यानमै थला परेका छन ।
दायाँ खुटा केही छोटोभएको खत्री जन्मदेखि नै अपांगता भएको र सबै परिवारको जिम्मेवारी पनि उनी माथीनै भएकोले समान्य घरधन्दा गरेर घरपरिवार चलाएको खत्री बिरामी परेपछि घर खर्च सम्म चलाउनु गाह्रो भएको खत्रीका वृद्धा आमाको भनाई छ । खत्रीको परिवारमा बृद्धा आमा, श्रीमती र दुई छोरा रहेका छन ।

खत्रीका भाई चित्रबहादुर खत्रीले आफनो क्षमताले थेक्न सक्ने सम्मको खर्च गरेर नसके पछि दाईलाई घरमा लिएर सम्पुर्णलाई सहयोगको अपिल गरेको बताउनु भयो ।
उहाँको उपचारको लागि देश बिदेशमा रहेका आफन्त र सम्पुर्ण सहयोगी मनहरुलाई समाजिक संञ्जाल र मिडियाबाट अपिल गरेको बताईएको छ । उनको उपचारको लागि करिव ५ लाख रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ ।