यसरी हुँदै छ बेनी बजार संरक्षण

विकल्प न्यूज/बेनी
पुस १६ गते ।

beni bazar 1  म्याग्दीको सदरमुकाम बेनीबजारलाई कालिगण्डकी र म्याग्दी नदीको कटानबाट जोगाउन संरक्षण आयोजना सुरु गरिएको छ । आयोजनामा यतिखेर तिव्र तरिकाले काम भइरहेको छ । नदी कटानका हिसावमा सदरमुकाम बेनी नेपालकै ७ औं जोखिमयुक्त सदरमुकाम मानिन्छ ।

चालु आर्थिक वर्षमा बेनी बजार संरक्षण आयोजनालाई ११ करोड रुपियाँ विनियोजन भएको छ । चालु आवमा विनियोजन भएको बजेट अनुसार संरक्षण आयोजनाको निर्माण कार्यले यतिखेर तिव्रता पाएको छ ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनी बजारलाई कटानबाट बचाउन तयार भएको गुरुयोजनाको लक्ष्य अनुसार तिब्र रुपमा काम अघि बढेको हो । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय बागलुङले चालु आर्थिक वर्षमा एघार करोड बत्तिस लाख रुपियाँ लागतको आयोजना सुरु गरेको छ । DSC_1004यसअघिका तिन वर्षसम्म वार्षिक एक करोडको हाराहारीमा बजेट बिनियोजन हुँदै आएको आयोजनाका लागि यस वर्ष बजेट बढेर प्राप्त भएको कार्यालयका प्रमुख ईन्जिनियर खगेन्द्र भट्टचनले जानकारी दिनुभयो । यस वर्ष दुई वटा प्याकेजमा काम भइरहेको उहाँले बताउनुभयो ।

म्याग्दी र कालीगण्डकीको दोभान, कालीपुल र मंगलाघाट स्थित नदी किनारको ३५९ मिटर दुरीमा नदी नियन्त्रणका लागि रिटेनीङ र आरसीसी पर्खाल निर्माण गर्न पाँच करोड २६ लाख ५ हजार रुपियाँ ठेक्का सम्झौता गरेको समानान्तर बिएन जेभीले कार्यक्षेत्रमा काम सुरु गरिसकेको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको भवनको पछाडी देखि दोभानमा दोस्रो प्याकेजको काम हुने ठाउँसम्म ३८० मिटर आरसीसि पर्खाल निर्माण गर्न पाँच करोड ८ लाख ३२ हजारमा सम्झौता गरेको खड्का कृष्ण जेभीले पनि काम सुरु गरेको छ । एक वर्षको ठेक्का अवधि भएपनि बर्खा अघिनै सम्पन्न गर्ने लक्ष्य सहित कामलाई तिब्रता दिएको समानान्तर बिएन जेभीका प्रतिनिधि नारायण जिसीले बताउनुभयो । उहाँका अनुसार समयमै सक्ने गरि तिव्रगतिमा निर्माण भइरहेको बताउनुभयो ।

नदी कटान नियन्त्रणका लागि किनारमा आरसीसी र मेसीनरी पर्खाल निर्माण गर्ने योजना रहेको छ । आर्थिक वर्ष २०७१७२ देखि ७३७४ को अवधिमा कालीपुलमा रहेको मोटरेबल पुल देखि म्याग्दी उद्योग वाणिज्य संघको भवनको पछाडी सम्म आरसिसी पर्खाल निर्माण भएको छ ।

आर्थिक वर्ष २०७६७७ सम्ममा बेनी बजार संरक्षण आयोजना सम्पन्न गर्ने लक्ष्य सहित तयार भएको डिपीआर गत वर्ष अर्थ मन्त्रालयले स्विकृत गरी बजेटको स्रोत सुनिश्चितता गरेको ईन्जिनियर भट्टचनले बताउनुभयो ।