ताजा समाचार:
Search

मल्कबाङ्गका बासिन्दाको पहलमा कल्भर्ट पुल निर्माण

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १६ पुष ।  Malkabang Calvart 2म्याग्दीको धौलागिरी गाउँपालिका ५ मल्कबाङ्गका बासिन्दाको पहलमा कल्भर्ट पुल निर्माण भएको छ । स्थानीय जनजागृति मावि नजिकै रहेको स्कुलको खोल्सामा कल्भर्ट पुल निर्माण भएको हो ।

स्थानीयबासीको सक्रियतामा सात मिटर लम्बाई र डेढ मिटर चौडाई भएको ढलान गरिएको पक्कि कल्भर्ट पुल निर्माण भएको छ । मल्कबाङग्का बासिन्दा र धौलागिरी गाउँपालीकाको आर्थिक सहयोगमा पुल निर्माण भएको कल्र्भट पुल निर्माण योजनाका अगुवा रबिन्स छन्त्यालले जानकारी दिनुभयो ।

धौलागिरी गाउँपालिकाले एक लाख रुपैया अनुदान उपलब्ध गराएको उक्त योजनाका लागि छन्त्यालले कतारमा रहँदा आर्थिक संकलन अभियान सञ्चालन गर्नुभएको थियो । उक्त अभियानबाट छ लाख रुपैयाँ जुटाइएको थियो । अभियानमा स्वदेशमै रहेका मल्कबाङ्गका बासिन्दा र बिदेशमा देशका अन्य जिल्लाबासिले समेत सहयोग गरेका थिए ।Malkabang Calvart 1हाल पोखरा निवासी भिमबहादुर छन्त्यालको परिवारले सबैभन्दा बढी साठी हजार रुपैया सहयोग गर्नुभएको छ । गत कात्तिक दोस्रो हप्तादेखि पुल निर्माण सुरु भएको थियो । कल्भर्ट पुल निर्माण भएपछि स्थानीयबासी, विद्यार्थी र शिक्षक शिक्षिकाहरुलाई गाउँदेखि आवत जावत गर्न सहज भएको छ ।

यसअघि बर्खा याममा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुेपर्ने अवस्था थियो । सहयोगदाताहरुको नाम र रकम उल्लेख गरेर पुलमा शिलालेख राखिएको छ ।