ताजा समाचार:
Search

समाचार

छैठौ म्याग्दी महोत्सवको तयारी अन्तिम चरणमा

सन्तोष गौतम/विकल्प न्यूज बेनी २४ पुष ।बेनीमा पुष २८ देखि सुरु हुन लागेको छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीको खुल्ला मञ्चमा दश दिनसम्म सञ्चालन हुने महोत्सव स्थलमा पूर्वाधार निर्माणको काम तिब्र बताइएको छ । […]

सवारी भाडा समायोजन र छुट सुबिधाको कार्यान्वयन गर्न माग

सन्तोष गौतम/विकल्प न्यूज बेनी २४ पुष । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयु म्याग्दीले सार्वजनिक सवारी साधनको भाडादर समायोजन र विद्यार्थीलाई छुट सुबिधाको कार्यान्वयनको माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववीयुका केन्द्रिय सदस्य प्रकाश पौडेल र जिल्ला अध्यक्ष सुवास विश्वकर्माको टोलीले प्रजिअ कृष्णप्रसाद अधिकारीलाई उक्त माग सहितको ज्ञापनपत्र बुझाएको हो । […]

नेप्टेचौरका दिले दमाइको उपचारका लागि सहयोगको अपिल

सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ पुष । बेनी नगरपालिका ९ नेप्टेचौरका एक मृगौला रोगीले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । दुवै मृगौलाले काम गर्न छाडेपछि हाल पोखराको लेकसिटी हस्पीटलमा उपचार गराइरहनुभएका ४६ वर्षिय दिले दमाईले अपिल गर्नुभएको हो । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण डायलाईसीस र अस्पताल जान आउन गाडी भाडाको समेत अभाव भएपछि […]

खबरामा निर्माण भएको लिफ्ट सिँचाई आयोजना उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज खबरा २३ पुष । बेनी नगरपालिका २ खबरामा निर्माण भएको पिपलडाँडा लिफ्ट सिँचाई आयोजनाको आईतबार उद्घाटन गरिएको छ । राधाकृष्ण कृषि सहकारी संस्थाले हाँडेभिरको म्याग्दी नदि किनारबाट विद्युतीय पम्पको प्रयोग गरेर खबरामा सिचाईका लागि पानी आपुर्ती गराउन निर्माण गरेको आयोजनाको प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभयो । आयोजनाको उद्घाटन गर्नुहुदै सांसद थापाले […]

म्याग्दी साहित्य सञ्चारद्वारा १ लाखको अक्षयकोष घोषणा

विकल्प न्यूज/बेनी पुस २३ गते । म्याग्दी जिल्लाका साहित्यिको उत्थान र साहित्यकारहरुको कल्याणका लागि म्याग्दी साहित्य सञ्चारले १ लाखको अक्षय कोष स्थापना गर्ने भएको छ । संञ्चारको दोस्रो साधारणसभाको अवसर उक्त अक्षयकोषको घोषणा गरिएको हो । अक्षयकोषबाट प्रत्येक वर्ष जिल्लाका एक जना साहित्यकारलाइ सम्मान गर्ने, नव सर्जकहरुलाइ प्रोत्साहन गर्ने लगायतका उद्देश्य राखिएको सञ्चारका उपाध्यक्ष सन्दीप […]

अर्थुङ्गे सहकारीको साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी पुस २२ गते । अर्थुङ्गे बहुउद्देश्यिय सहकारी संस्थाको नवौ वार्षिक साधारणसभा शनिबार महारानीथान कुरीलाखर्कमा सम्पन्न भएको छ । साधारणसभामा मन्तब्य व्यक्त गर्दै जेष्ठ सेयर सदस्य कृष्णदत्त पौडेल र सहकारीका सञ्चालक सदस्य समेत रहनुभएका प्रदेशसभा सदस्य बिनोद केसीले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सेयर सदस्य झलक शर्माले शुभकामना मन्तब्य व्यक्त […]

म्याग्दी महोत्सवको आकर्षक घोडाबाट लभ्लीहिल

सन्तोष गौतम/विकल्प न्यूज बेनी २२ पुष । पुष २८ देखि माघ ७ गते सम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सवमा घोडचढी सेवा सञ्चालन गरिने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा हुन लागेको महोत्सव अवलोकनका लागि आउने पाहुनाहरुलाई आकर्षणका लागि घोडचढी सुबिधाको व्यवस्था मिलाएको हो । बेनी देखि लभहिल सम्म पुग्न घोडचढी […]

मल्लाज उपशाखाको अध्यक्षमा बरुवाल

सन्तोष गौतम/विकल्प न्यूज बेनी २२ पुस । पर्वत उद्योग वाणिज्य संघ अन्तरगतको मल्लाज उपशाखाको सातौ साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार पर्वत बेनीमा सम्पन्न भएको छ । अधिवेशनले डिलबहादुर बरुवालको अध्यक्षतामा १७ सदस्यीय उपशाखाको नयाँ कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा चित्रराज रेग्मी, उद्योग उपाध्यक्षमा ठाकुरप्रसाद रेग्मी, वाणिज्य उपाध्यक्षमा हरी सुवेदी, महासचिवमा शेषराज रेग्मी, सचिवमा […]

म्याग्दी महोत्सवमा बेनी देखि लभ्लीहिल सम्म घोडा सफारी

विकल्प न्यूज/बेनी पुस २२ गते । पुष २८ देखि माघ ७ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सवमा बेनी देखि लभ्लीहिल सम्म घोडा सफारीको व्यवस्था गरिएको छ । पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको बेनी नगरपालिका २ खबरामा रहेको लभ्लीहिललाई पर्यटकीय रुपमा विकास गर्नका लागि महोत्सवका अवसरमा घोडा सफारी राखिएको म्याग्दी […]

मंगलामा सुधारीएको चूल्हो तालीम सुरु

विकल्प न्यूज/बेनी पुस २२ गते । मंगला गाउँपालीकाको केन्द्र बाबियाचौरमा शनिबारदेखि सुधारीएको चुल्हो प्रर्वद्धक तालीम सुरु भएको छ । मंगला गाउँपालीका अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको आयोजनामा छ दिनसम्म सञ्चालन हुने तालीममा मंगला, मालीका र रघुगंगा गाउँपालीकाका २० जनाको सहभागीता रहेको छ । तालीममा गाउँपालीकाका उपाध्यक्ष सिर्जना केसीले उद्घाटन गर्नुभएको थियो […]

शुभकामना कृषी सहकारी संस्थाको अध्यक्षमा पौडेल

सन्तोष गौतम /विकल्प न्यूज सिंगा २२ पुष । बेनी नगरपालिका ४ सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्थाको शनिबार सम्पन्न दसौ साधारणसभाबाट केदारनाथ पौडेलको अध्यक्षतामा सञ्चालक समिति निर्वाचित भएको छ । सहकारीको उपाध्यक्षमा रामप्रसाद शर्मा, सचिवमा श्रीलाल पौडेल, कोषाध्यक्षमा सरस्वती शर्मा, सदस्यहरुमा अणबहादुर खड्का (भगवान), खड्ग कार्की, लोकनाथ पाध्या, ईश्वरसिङ खत्री र जुनाकुमारी कार्की रहनुभएको छ […]

जलजलाका किवी कृषकको सञ्जाल गठन

सन्तोष गौतम/विकल्प न्यूज बेनी २२ पुष । पर्वतको जलजला गाउँपालिका ६ शालीजामा शनिबार सम्पन्न किवी खेती गर्दै आएका कृषकहरुको भेलाले ब्यवसायीक किवी खेती सञ्जाल समिति गठन भएको छ । गाउँपालीकाको कृषि शाखाका प्रमुख चन्द्रबहादुर चापागाईको अध्यक्षता र गाउँपालीकाका उपाध्यक्ष सिमा गर्बुजाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले कृष्ण रन्तिजाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । […]

घलेम्दीको अध्यक्षमा पुनः सुवेदी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २२ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्यूत अयोजना निर्माण गरिरहेको घलेम्दी हाइड्रो लिमिटेडको अध्यक्षमा किसोर सुवेदी चयन हुनुभएको छ । कम्पनीको शनिवार बेनीमा सम्पन्न चौथो साधारण सभाबाट सुवेदी पुनः अध्यक्षमा चयन हुनुभएको हो । साधारणसभाबाट सञ्चालक सदस्यहरुमा प्रमोद श्रेष्ठ, नारायणबाबु अधिकारी, उत्तम प्रसाद बैद्य, सरद राज […]

रघुगंगामा सार्वजनिक यातायातको भाडादर समायोजन

विकल्प न्यूज/बेनी पुस २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका कार्यालयको पहलमा गाउँपालिका अन्र्तगत विभिन्न ठाउँमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ । यातयात व्यवसायीले मनपरि चर्को भाडा असुल गर्दै आएको गुनासो बढेपछि गाउँपालिका कार्यालय र म्याग्दी जिप तथा बस सञ्चालक समिति बिच छलफल गरि भाडादर समायोजन गरिएको हो । यातायात व्यवसायी समितिसंगको छलफलबाट […]

मल्लाज स्वास्थ्य चौकीको व्यवस्थापन समिति गठन

विकल्प न्यूज/जलजला पर्वत पुस २१ गते । पर्वतको जलजला गाउँपालिका ३ मा रहेको मल्लाज स्वास्थ्य चौकीको शुक्रबार विकास समिति गठन भएको छ । वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवी)को अध्यक्षतामा ७ सदस्यीय विकास समिति गठन भएको हो । चौकीका प्रमुख गोरे नेपाली सदस्य सचिव रहनुभएको समितिको उपाध्यक्षमा निरु जिसी, सदस्यहरुमा रघुनाथ आचार्य, चित्रनाथ रेग्मी, ज्योती मल्ल, वडा […]