विकल्प न्यूज/बेनी
पुस २२ गते ।
पुष २८ देखि माघ ७ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सवमा बेनी देखि लभ्लीहिल सम्म घोडा सफारीको व्यवस्था गरिएको छ ।
पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको बेनी नगरपालिका २ खबरामा रहेको लभ्लीहिललाई पर्यटकीय रुपमा विकास गर्नका लागि महोत्सवका अवसरमा घोडा सफारी राखिएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।
जलजला ७ मिलनचोकका घोडा पालक कृष्ण न्यौपानेका ४ वटा घोडालाई महोत्सव अवधिभर परिचालन गरिने छ । बेनी देखि लभ्लीहिल पुगेर फर्किएको पाँचसय रुपियाँ भाडादर तय गरिएको म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । महोत्सवमा आउने दर्शकहरुलाई घोडा सफारी मार्फत लभ्लीहिलमा पु¥याएर दृश्यवलोकन गराउने उद्देश्य राखिएको उहाँले बताउनुभयो । यसै विच पुष २८ गते देखि सुरु हुने महोत्सवको दिउँसो १ बजे पुर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएकोे छ ।
राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा म्याग्दीको सम्भावनालाई उदेश्यले आयोजना हुन लागेको महोत्सवको प्रमुख अतिथिको रुपमा प्रचण्डलाई निमन्त्रण दिईएको र महोत्सवलाई उद्घाटन गर्न उहाँ आउने पक्का भएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्मचार्यले जानकारी दिनुभयो ।
प्रचण्डको निजि सचिबालय संग समन्वय गरि दिउँसो १ बजे महोत्सवको उद्घाटन गर्ने गरि समय समेत तय भईसकेको छ । प्रचण्ड हेलीकप्टर मार्फत बेनीमा आउनुहुने म्याग्दी उद्योग बाणिज्य संघले जनाएको छ ।
विहान साढे १० बजेदेखि बेनीमा विभिन्न जातजातीको पहिचान झल्कने झाँकी सहितको ¥याली पश्चात खुल्ला मञ्चमा प्रचण्डले औपचारीक रुपमा महोत्सवको उद्घाटन गर्नुहुने महासचिव लिलाराम गौतमले जानकारी दिनुभयो ।
यसैबिच महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले आर्थिक संकलन, प्रचार प्रसार, स्टल निर्माण लगायतको तयारीलाई तिब्रता दिएको छ ।
१५० वटा स्टल बुक भईसकेका छन् । महोत्सव सञ्चालनका लागि ७३ लाख ११ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ । पर्चा, पम्पलेट, ब्रोसर, ब्यानर, सामाजिक सञ्जाल र सञ्चार माध्यम मार्फत महोत्सव प्रचारप्रसार गरिएको छ ।
स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको प्रचारप्रसार उपसमितिका संयोजक सुवर्ण रिजालले बताउनुभयो ।
दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने र करीब छ करोड रुपैया बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा १८० वटा स्टल राखिने भएको छ । स्थानीय उत्पादनलाई निशूल्क प्रर्दशनीका लागि स्टलको व्यवस्था गरिएको छ ।