अर्थुङ्गे सहकारीको साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी
पुस २२ गते ।

अर्थुङ्गे बहुउद्देश्यिय सहकारी संस्थाको नवौ वार्षिक साधारणसभा शनिबार महारानीथान कुरीलाखर्कमा सम्पन्न भएको छ । साधारणसभामा मन्तब्य व्यक्त गर्दै जेष्ठ सेयर सदस्य कृष्णदत्त पौडेल र सहकारीका सञ्चालक सदस्य समेत रहनुभएका प्रदेशसभा सदस्य बिनोद केसीले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सेयर सदस्य झलक शर्माले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष धु्रबराज सुवेदीले गत आर्थिक वर्षमा ४३ लाख रुपैया आम्दानी, ३९ लाख ९० हजार खर्च र तिन लाख दश हजार रुपैया मुनाफा भएको जानकारी गराउनुभयो ।
३५६ जना सदस्यको ७८ लाख ३२ हजार ८०० रुपैया सेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्षमा तिन करोड रुपैया निक्षेप संकलन र दुई करोड ८० लाख रुपैया लगानी गरेको थियो । संस्थाका अध्यक्ष सोमनाथ ढुङ्गानाको अध्यक्षता, उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीको स्वागत र सचिव नारायणप्रसाद ढुङ्गानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।