शुभकामना कृषी सहकारी संस्थाको अध्यक्षमा पौडेल

सन्तोष गौतम /विकल्प न्यूज
सिंगा २२ पुष ।

IMG_3507बेनी नगरपालिका ४ सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्थाको शनिबार सम्पन्न दसौ साधारणसभाबाट केदारनाथ पौडेलको अध्यक्षतामा सञ्चालक समिति निर्वाचित भएको छ ।
सहकारीको उपाध्यक्षमा रामप्रसाद शर्मा, सचिवमा श्रीलाल पौडेल, कोषाध्यक्षमा सरस्वती शर्मा, सदस्यहरुमा अणबहादुर खड्का (भगवान), खड्ग कार्की, लोकनाथ पाध्या, ईश्वरसिङ खत्री र जुनाकुमारी कार्की रहनुभएको छ ।

देवेन्द्रबहादुर बानियाको संयोजकत्वमा धनबहादुर खत्री र सजिना किसान सदस्य रहनुभएको लेखा समिति गठन भएको छ । यसैगरी गोविन्दप्रसाद पौडेल, भुवनप्रसाद रेग्मी र राजाराम पौडेल सल्लाहकारमा चयन हुनुभएको छ ।

साधारणसभाको उद्घाटन गर्नुहुदै वडा अध्यक्ष गोविन्द पौडेलले सहकारीले ग्रामिण क्षेत्रमा रोजगारी सिर्जना हुने र आयआर्जन वृद्धीमा सहयोग पुग्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा धौलागिरी माविका प्रअ दण्डपाणी सापकोटा, चेतनामुलक महिला सहकारी संस्थाकी अध्यक्ष डम्मरकुमारी बानिया, जनभावना दुग्ध सहकारी संस्थाका अध्यक्ष देवेन्द्र बानिया, तातोपानी कृषि सहकारी संस्थाका तुलप्रसाद श्रेष्ठले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा वडा अध्यक्षमा निर्वाचित हुनुभएका संस्थाका निवर्तमान सचिव गोविन्द पौडेल र उत्कृष्ट कार्य गरेकोमा प्रबन्धक दिपक शर्मा लगायत कर्मचारीहरुलाई सम्मान गरिएको थियो । आफ्नै भवन निर्माण गरेको सहकारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ३० लाख रुपैया सहयोगमा हालै कस्टम हायरीङ सेन्टर स्थापना गरेको छ ।

कोषाध्यक्ष शकुन्तला रेग्मीले गत आर्थिक वर्षमा दुई करोड ८७ लाख ४१ ह्जार ६०३ रुपैया निक्षेप संकलन, दुई करोड ७९ लाख ९० हजार ६१२ रुपैया लगानी र दुई लाख २६ हजार १७९ रुपैया खुद मुनाफा भएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थामा हाल एक हजार ५०० जनाको चार करोड ६५ लाख रुपैया सेयर रहेको छ । संस्थाका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षता, उपाध्यक्ष भुवनप्रसाद रेग्मीको स्वागत मन्तब्य र रामप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।