छैठौ म्याग्दी महोत्सवको तयारी अन्तिम चरणमा

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २४ पुष ।IMG_3581बेनीमा पुष २८ देखि सुरु हुन लागेको छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीको खुल्ला मञ्चमा दश दिनसम्म सञ्चालन हुने महोत्सव स्थलमा पूर्वाधार निर्माणको काम तिब्र बताइएको छ । सुरक्षा, प्रचारप्रसार, स्टल निर्माण, आर्थिक संकलन, अतिथी सत्कार लगायत व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको महासचिब लिलाराम गौतमले बताउनुभयो ।

महोत्सवलाई लक्षित गरेर संघले बेनी बजारमा टिकट बिक्री गर्न घरदैलो अभियान सञ्चालन गरेको छ । दुई हजार दरका टिकट बिक्रीका लागि घरदैलो अभियान सञ्चालन गरिएको संघका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । महोत्सवमा ५० वर्ष अगाडिको म्याग्दी जिल्लाको फोटो प्रर्दशनी गरिने भएको छ ।

वि.स २०२२ सालमा म्याग्दी आएर अमेरिकी नागरिकले खिचेका तस्वीरहरु प्रर्दशनीमा राखिने फोटो प्रर्दशनी संयोजक भोजबहादुर रिजालले बताउनुभयो । उहाँका अनुसार म्याग्दीको ईतिहाँस, कला, संस्कृती, भुगोल र पर्यटकीय स्थलहरुका १२० भन्दा बढी तस्विर प्रर्दशनी गरिने भएको छ ।

महोत्सवमा १८० वटा विभिन्न ब्यापारीक स्टलहरु रहने भएका छन् । १० दिनसम्म चल्ने महोत्सवमा डेढ लाख आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ भने छ करोडको कारोबार हुने अनुमान गरिएको छ ।

स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको प्रथम उपाध्यक्ष सुबिन श्रेष्ठले बताउनुभयो ।
स्थानीय उत्पादन, कृषि, पशुपालन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै स्थानीय तह स्तरीय महिला पुरुष भलिबल, बास्केटबल, लोकदोहोरी गित प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी, रमाईलो मेला महोत्सवको आकर्षण रहने प्रचारप्रसार समितिका संयोजक सुवर्ण रिजालले बताउनुभयो ।