मल्लाज उपशाखाको अध्यक्षमा बरुवाल

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २२ पुस ।26648071_1792852697405625_1393047511_n

पर्वत उद्योग वाणिज्य संघ अन्तरगतको मल्लाज उपशाखाको सातौ साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार पर्वत बेनीमा सम्पन्न भएको छ । अधिवेशनले डिलबहादुर बरुवालको अध्यक्षतामा १७ सदस्यीय उपशाखाको नयाँ कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा चित्रराज रेग्मी, उद्योग उपाध्यक्षमा ठाकुरप्रसाद रेग्मी, वाणिज्य उपाध्यक्षमा हरी सुवेदी, महासचिवमा शेषराज रेग्मी, सचिवमा हिराबहादुर जिसी र कोषाध्यक्षमा कृष्णराज सुवेदी निर्वाचित हुनुभएको छ ।

कार्यसमिति सदस्यहरुमा मुकुन्द शर्मा, बिरबहादुर जिसी, ढुण्डीराज पौडेल, बलराम सुवेदी, रामचन्द्र कार्की लगायत रहनुभएको छ । उपशाखामा जलजला गाउँपालीकाको पर्वत बेनी, मल्लाज, बाँसखर्क, मिलनचोक, लेकफाँट, शालीजा, धाईरीङ, लस्ती क्षेत्रका उद्योगी ब्यापारी आवद्ध छन् ।

कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले आर्थिक सम्बृद्धी र विकासको नारालाई सफल बनाउन राज्यले निजी क्षेत्रलाई साथ लिनुपर्ने बताउनुभयो । राज्यका निकायसंग सहकार्य गरेर विकास र सम्बृद्धीको अभियानमा निजी क्षेत्रले साथ दिन तयार रहेको बताउनुभयो ।

उपशाखाका अध्यक्ष भिष्म मल्लको अध्यक्षता, चित्रराज रेग्मीको सञ्चालन, शेषराज रेग्मीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष नरबहादुर कार्की, जलजला गाउँपालीकाको ५ नम्बर वडाका अध्यक्ष तिलकबहादुर जिसी र ७ नम्बर वडाका अध्यक्ष टुङ्गनाथ आचार्यले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।