नेप्टेचौरका दिले दमाइको उपचारका लागि सहयोगको अपिल

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २३ पुष ।

Dile Damaiबेनी नगरपालिका ९ नेप्टेचौरका एक मृगौला रोगीले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । दुवै मृगौलाले काम गर्न छाडेपछि हाल पोखराको लेकसिटी हस्पीटलमा उपचार गराइरहनुभएका ४६ वर्षिय दिले दमाईले अपिल गर्नुभएको हो । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण डायलाईसीस र अस्पताल जान आउन गाडी भाडाको समेत अभाव भएपछि सहयोगको खोजीमा हिडेको उहाँका छोरा सुवासले बताउनुभयो ।

उहाँको उपचारका लागि हालसम्म छ लाख रुपैया खर्च भैसकेको छ । परिवारको क्षमत्ताले नसकेपछि घतानका युवा कल्व, आमा समूह र विभिन्न संघ संस्था मार्फत सहयोग संकलन अभियान चलाइएको छ ।

२०७४ साउनमा परिक्षण गराउदै दमाईको दुवै मृगौलाले काम गर्न छाडेको पत्ता लागेको थियो । त्यसयता प्रत्येक हप्ता डायलाईसीस गराउदै आउनुभएको छ । डायलाईसीस र मृगौला प्रत्यारोपणका लागि आर्थिक अभाव भएको हो ।