म्याग्दी महोत्सवको आकर्षक घोडाबाट लभ्लीहिल

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २२ पुष ।

DSC_0982पुष २८ देखि माघ ७ गते सम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सवमा घोडचढी सेवा सञ्चालन गरिने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा हुन लागेको महोत्सव अवलोकनका लागि आउने पाहुनाहरुलाई आकर्षणका लागि घोडचढी सुबिधाको व्यवस्था मिलाएको हो । बेनी देखि लभहिल सम्म पुग्न घोडचढी सेवा सञ्चालन गरिने संघका दितृय उपाध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।

26169292_1772789236088667_8374191793448647222_nघोडचढीका लागि चार वटा घोडाको व्यवस्था गरिएको छ । घोडा चढेर बेनी देखि लभ्लिहिल पुगेर फर्कन पाँच सय रुपैया शूल्क निर्धारण गरिएको छ । बेनी बजारको दृष्य अवलोकनका लागि प्रसिद्ध लभहिलको पर्यटन प्रर्वद्धनका लागि उकालोमा घोडचढी सेवा सञ्चालन गर्न लागिएको शाक्यले बताउनुभयो ।

goda 3महोत्सवमा पुरुष, महिला भलिबल, बास्केटबल, लोकदोहोरी गित, कलाकारहरुको गित तथा नृत्य प्रस्तुती मुख्य आकर्षणको रुपमा रहने भएको छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको संघका महासचिव लिलाराम गौतमले जानकारी दिनुभयो । महोत्सव स्थलमा पूर्वाधार निर्माणको काम सुरु भएको छ ।

सुरक्षा, व्यवस्थापन, आर्थिक संकलन, प्रचारप्रसार लगायतको तयारी अन्तिम चरणमा पुगेको महासचिव गौतमले जानकारी दिनुभयो । महोत्सवमा रहने १८० मध्य १५० ब्यवसायीक स्टल बुक भैसकेका छन् । ३० वटा स्थानीय स्टललाई निशूल्क प्रर्दशनीको व्यवस्था मिलाइएको छ ।goda 1स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।