समाचार

भुरुङ तातोपानीको वाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमन (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज बैशाख ३१ गते ।    म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङतातोपानी बजारमा आइतबार दिउँसो बाढी आउँदा पु¥याएको क्षतिको स्थलगत अनुगमन गरिएको छ । प्रदेश सभासद विनोद केसी,प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी,नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ,सचिव बालकृष्ण सुवेदी,काँग्रेसका अजय मिलन श्रेष्ठ माओवादीका जिल्ला संयोजक गोविन्द पौडेल र नेपाल रेडक्रस जिल्ला शाखा म्याग्दीका सभापति लेख […]

बेनीमा पर्यटन सूचना केन्द्र सञ्चालन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ बैशाख ।म्याग्दी प्रवेशद्धारको रुपमा रहेको कालीपुल बसपार्कमा विद्युतीय (डिजीटल) सूचना केन्द्र स्थापना भएको छ । जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको तथ्याङ्क राख्ने र धार्मिक तथा पर्यटकीय स्थलको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले सूचना केन्द्रको स्थापना गरेको हो । बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डको सहयोगमा […]

भुरुङ तातोपानीमा बाढीले दुई घर पु¥यो, सात घरमा क्षति

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३० बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङतातोपानी बजारमा आइतबार दिउँसो बाढीले नौ वटा घरमा क्षति पु¥याएको छ । भिषण बर्षापछि बजार माथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा दुई घर पूर्ण र सात वटा घरमा आंशिक क्षति पुगेको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । बालकृष्ण मिजार र लट्टे गिरीको घरमा पूर्ण […]

बालमन्दिर आधारभुत विद्यालयको भवन पुननिर्माण सुरु

सन्तोष गौतम/विकल्प न्यूज डाँडाखेत ३० बैशाख ।एक वर्षअघिको आगलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको कक्षा कोठा भवन पुननिर्माण सुरु भएको छ । दक्षिण कोरीयाको ग्लोबल एजुकेशन फर रिपब्लीक अल फाउण्डेशनको सहयोगमा दश कोठे भवन निर्माण सुरु भएको हो । संस्थाका अध्यक्ष छो थे याङ र वडा अध्यक्ष गोविन्द्रप्रसाद पौडेलले आईतबार […]

म्याग्दी भ्रमण वर्षको शुभारम्भ (भिडियो)

विकल्प न्यूज/बेनी बैशाख ३० गते । आज बैशाख ३० गते देखि म्याग्दी भ्रमण वर्ष २०७५को औपचारिक रुपमा उद्घाटन गरिएको छ । नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयान मन्त्री रबिन्द्र अधिकारीले भ्रमण वर्षको उद्घाटन गर्नुभएको हो । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा २०७५ लाई म्याग्दी भ्रमण वर्ष मनाउन लागिएको हो । […]

मन्त्री अधिकारीद्धारा बेनीमा पर्यटन सूचना केन्द्रको उद्घाटन

विकल्प न्यूज/बेनी बैशाख ३० गते । नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले बेनीको कालिपुलमा स्थापना गरिएको पर्यटन सूचना केन्द्रको उद्घाटन गर्नुभएको छ । म्याग्दी भ्रमण वर्ष २०७५ को शुभारम्भ गर्न बेनी आउनुभएका मन्त्री अधिकारीले म्याग्दी प्रवेशद्धारको रुपमा रहेको कालीपुल बसपार्कमा विद्युतीय (डिजीटल) सूचना केन्द्रको उद्घाटन गर्नुभएको हो सूचना केन्द्रको उद्घाटन गर्नुहुँदै मन्त्री […]

पर्यटन मार्फत आर्थिक समृद्धि ः मन्त्री अधिकारी

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज बैशाख ३० गते ।   नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले पर्यटन मार्फत मुलुकको आर्थिक समृद्धि सम्भव रहेको बताउनुभएको छ । प्राकृतिक स्रोतसाधनले भरिपूर्ण नेपालमा पर्यटनको राम्रो संभावना भएकाले सरकारले प्राथमिकताका साथ भौतिक पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएको बताउनुभयो । सरकारले आगमी सन २०२० सम्म १५ लाख पर्यटक भित्र्याउने […]

सामुदायिक प्रहरीमा नयाँ कार्यसमिति

प्रताप बानियाँ/ विकल्प म्याग्दी, बैशाख २९ ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखा बेनी म्याग्दीको ११ औं साधारणसभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न साधारणसभा तथा अधिवेशनले विष्णु गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा डेकबहादुर सुनार, सचिवमा लक्ष्मण केसी, सहसचिवमा दिनेश बराल र कोषाध्यक्षमा गंगामाया पुन […]

बेनी सामुदायिकमा नव अागन्तुक विद्यार्थीलाई स्वागत

कर्ण खत्री/ विकल्प न्युज म्याग्दी, बैशाख २९ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित बेनी सामुदायिक माध्यमिक विद्यालयमा शुक्रबार पुरस्कार वितरण तथा नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । गत शैक्षिक सत्र २०७४ को वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउनेलाई पुरस्कृत र चालु शैक्षिक सत्रका नयाँ विद्यार्थीलाई स्वागत गरिएको हो । वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउनेमा नर्सरीतर्फ […]

जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तुको चोरी निकासी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ बैशाख । बेनी नगरपालिका १ आनन्दबगरमा बस्ती संरक्षणको बाहनामा जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तु चोरी निकासी भएको छ । जिल्ला समन्वय समितिसंग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन् गर्न पाइने नीतिगत ब्यवस्था विपरी सेभेनस्टार युवा क्लबका पदाधीकारीले बस्ती संरक्षणको बाहनामा उपकरणको प्रयोग गरेर कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा […]

मोदीद्वारा मुक्तिनाथ दर्शन(भिडियोसहित)

  नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभयो । भारतीय वायु सेवाको विशेष हेलिकप्टरबाट उहाँ बिहान ७ः५५ मिनेट जाँदा मुक्तिनाथ आउनुभएको थियो । भारतीय प्रम मोदीलाई नेपालको संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, ४ नं प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिम मामिला तथा […]

बालगृहलाई फिल्टर सहयोग

विकल्प न्यूज/बेनी बैशाख २९ गते । बेनी नगरपालिका ७ मा रहेको शिवालय टोल सुधार समितिले शनिबार म्याग्दी बालगृहलाई विद्युतीय फिल्टर लगायतका सामाग्री सहयोग गरेको छ । नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा आश्रीत अनाथ बालबालीकाहरुलाई सफा र शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले एक थान विद्युतीय फिल्टर उपलब्ध गराइएको हो । समितिका संयोजक ज्ञानेन्द्र श्रेष्ठले संगठनका सभापति […]

गलेश्वरमा भक्तजन आगमनसंगै भेटि समेत बढ्याे

सन्तोष गौतम/ विकल्प बेनी २८ बैशाख । बेनी नगरपालीका ९ मा रहेको गलेश्वरमा भक्तजन आगमनसंगै भेटी समेत बढ्दै गएको छ । पन्ध्र दिनमै साढे दुई लाख रुपैया भन्दा बढी भेटि संकलन हुन थालेको छ । बैशाख ४ देखि २७ गतेसम्म दुई लाख ६१ ह्जार रुपैया भेटि संकलन भएको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय सचिव राम […]

पर्वत बेनीमा व्यवसाय दर्ता शिविर सम्पन्न

सन्तोष गौतम/ विकल्प न्युज बेनी २८ बैशाख ।् जलजला गाउँपालिका ३ पर्वत बेनीमा शुक्रबार ब्यवसाय दर्ता शिवीर सम्पन्न भएको छ । गाउँपालिका र पर्वत उद्योग वाणिज्य संघ मल्लाज उपशाखाको आयोजनामा दुई दिन सम्म सञ्चालन भएको शिवीरमा ७१ जनाले व्यवसाय दर्ता गरेका छन् । शिवीरबाट एक लाख ४२ हजार रुपैया राजस्व संकलन भएको गाउँपालिकाका सामाजिक परिचालक […]

बेनीमा सडक मर्मत सुुरू

सन्तोष गौतम/ विकल्प बेनी २८ बैशाख । म्याग्दी सदरमुकाम बेनी बजारभित्रका सडक मर्मतको काम सुरु भएको छ । बेनी नगरपालिकाले बजार क्षेत्रको सडकमा खाल्डा खुल्डी पुर्ने र पिच उक्कीएको ठाउँमा मर्मत सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय, जिसस कार्यालय गाडीको चोक, बालमन्दिर चोक, संगमचोक, हुलाकचोक, न्युरोड, गणेशटोल, क्याम्पसचोक, शिक्षा मार्ग, अस्पतालचोक क्षेत्रमा सडक मर्मत […]