पर्वत बेनीमा व्यवसाय दर्ता शिविर सम्पन्न

सन्तोष गौतम/ विकल्प न्युज
बेनी २८ बैशाख ।IMG_1958् जलजला गाउँपालिका ३ पर्वत बेनीमा शुक्रबार ब्यवसाय दर्ता शिवीर सम्पन्न भएको छ ।
गाउँपालिका र पर्वत उद्योग वाणिज्य संघ मल्लाज उपशाखाको आयोजनामा दुई दिन सम्म सञ्चालन भएको शिवीरमा ७१ जनाले व्यवसाय दर्ता गरेका छन् । शिवीरबाट एक लाख ४२ हजार रुपैया राजस्व संकलन भएको गाउँपालिकाका सामाजिक परिचालक ईन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रतिव्यवसाय दर्ता गरेवापत दुई हजार रुपैया शूल्क निर्धारण गरिएको छ । पसल, ब्यवसाय, उद्योगलाई व्यवस्थित, नियमन र करको दायरामा ल्याउन वडा र बजार क्षेत्रमा पुगेर दर्ता शिवीर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो ।
नियमनकारी निकायको पहुँचको कमी तथा ब्यवसायीको बेवास्ताका कारण ग्रामिण क्षेत्रका अधिकांश पसल, ब्यवसाय दर्ता बिनै सञ्चालन हुदै आएका छन् । वडाका जनप्रतिनिधिहरुसंग समन्वय गरेर ब्यवसायीहरुलाई ब्यवसाय दर्ताको उद्देश्य र फाईदाको विषयमा जानकारी समेत गराइएको छ । गाउँपालिकाको आयस्रोत वृद्धी र ब्यवसायको अभिलेखीकरण तथा उनिहरुको प्रर्वद्धनका लागि दर्ता आवश्यक रहेको गौतमले बताउनुभयो । वाईट

यसअघि ९ नम्बर वडा बनौमा ब्यवसाय दर्ता शिवीर सञ्चालन गरिएको थियो । वडा मार्फत यस वर्ष कम्तीमा १५० ब्यवसाय दर्ता गर्ने गाउँपालिकाको योजना छ । मिलनचोक, वारीबेनी, मल्लाज, लस्ती जलजलाका मूख्य बजार क्षेत्र हुन ।