गलेश्वरमा भक्तजन आगमनसंगै भेटि समेत बढ्याे

सन्तोष गौतम/ विकल्प
बेनी २८ बैशाख ।IMG_1931 बेनी नगरपालीका ९ मा रहेको गलेश्वरमा भक्तजन आगमनसंगै भेटी समेत बढ्दै गएको छ ।
पन्ध्र दिनमै साढे दुई लाख रुपैया भन्दा बढी भेटि संकलन हुन थालेको छ । बैशाख ४ देखि २७ गतेसम्म दुई लाख ६१ ह्जार रुपैया भेटि संकलन भएको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चैत २० देखि बैशाख ३ गतेसम्म दुई लाख ५७ हजार रुपैया संकलन भएको थियो । दुई वर्ष पहिले मुस्कीलले मासिक पचास हजार भेटी संकलन हुने गर्दथ्यो । भेटि रकम पारदर्शी रुपमा सार्वजनीक गरिनुका साथै पूर्वाधार निर्माणमा लगानी भएको छ ।
हिन्दु तथा वौद्ध धर्मावलम्बिहरुको साझा तिर्थ स्थल मुक्तिनाथको प्रवेशद्धार मानिने गलेश्वरमा नेपालका विभिन्न देश, भारत र तेस्रो मुलकका पर्यटक आउने क्रम बढेको छ । धार्मीक गन्थ्रहरुमा गलेश्वरमा सतीदेवीको गला पतन भएको उल्लेख छ ।

कालीगण्डकी नदीको किनारमा चट्टानमाथी अवस्थित गलेश्वरको पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ । साउन महिनाको सोमबार, बाला चर्तुदशी र शिवरात्री पर्वमा बिशेष मेला लाग्ने गलेश्वरमा अन्य दिनमा समेत पुजाआजा हुने गरेको छ ।