समाचार

कोवाङमा फालो पर्व सुरु

निरज थकाली/विकल्प न्यूज कोवाङ,मुस्ताङ, ३० भदौ, मुस्ताङको थाक ७ सय अन्तरगतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलीक पर्व कुमार यात्रा (फालो) शनिबारदेखि सुरु भएको छ । थकाली समुदायको उद्गम स्थल थासाङ गाउँपालिका २ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्रका दिनदेखि तिन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ । फालो पर्वको शुक्रबार […]

मिडियाकर्मी हितकोषलाई गुर्जाका वडाअध्यक्ष छन्त्यालद्धारा पाँचहजार सहयोग

विकल्प न्यूज/बेनी भर्दाै २९ गते ।म्याग्दी मिडिया सोसाईटीद्धारा स्थापना गरिएको मिडियाकर्मी हितकोषलाई धौलागिरि गाउँपालिका १ गुर्जाका वडाअध्यक्ष झकवहादुर छन्त्यालले पाँचहजार पाँचसय रुपियाँ सहयोग गर्नुभएको छ । सोसाइटीको बेनीमा सम्पन्न प्रथम वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष छन्त्यालले उक्त सहयोग गर्नुभएको हो । दुर्घटना,गम्भीर विरामी र आपतविपतमा परेका पत्रकार एवम् सञ्चारकर्मीहरुलाई अध्यक्षकोषको व्याजबाट सहयोग गर्ने उद्देश्यले सोसाइटीले रु […]

म्याग्दी मिडिया सोसाईटीको प्रथम बार्षिक साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी भदौ २९ गते । जिल्लामा सञ्चालनमा रहेका सञ्चारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाइटीको प्रथम बार्षिक साधारणसभा बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गदैं जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसीले म्याग्दीको विकासका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भमिका रहेको बताउनुभयो । उहाँले जिल्लामा क्रियाशिल पत्रकारको क्षमता वृद्धि र सञ्चारमाध्यमको संस्थागत विकासका लागि स्थानीय सरकार लगायत […]

मिर्गौला पीडित सुरेशको उपचारका लागि १२ लाख जुट्यो

विकल्प न्यूज/बेनी भदौ २८ गते । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि १२ लाख ४३ हजार छ सय पाँच रुपियाँ जुटेको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले सञ्चालन गरेको सुरेश बचाउ अभियान मार्फत उक्त रकम संकलन भएको हो ।   विहिवार विभिन्न व्यक्ति र संस्थाबाट सुरेशको उपचारका लागि दुइलाख ६७ हजार […]

वेष्ट पोइन्टका विद्यार्थीले ड्रोन उडाए

विकल्प न्यूज/बेनी भदौ २८ गते ।न्यु वेष्ट पोइन्टका विद्यार्थीले ड्रोन निर्माण गरेका छन् । करिब २ महिनाको निरन्तर अभ्यास पछी उनले सो ड्रोन निर्माण गरि सफल परिक्षण गरेका हुन् । विद्यालयमा कक्षा ९ सेक्सन सी मा अध्ययन गर्ने रोशन रिजालले विद्यालयको शुक्रबारको प्रार्थना सभामा सफल उडान गरेका हुन् । करिब ४० हजारको लागतमा सामान खरिद […]

बेनी बजार संरक्षणका लागि बनाइएको पर्खाल भत्कीयो (फोटो)

विकल्प न्यूज/बेनी भदौ २८ गते ।    बुधवार कालीगण्डकीमा आएको वाढीका कारण म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि निर्माण गरिएको सिमेन्टेट पर्खाल भत्कीएको छ । रघुगंगा र कालीगण्डकीमा आएको वाढीका कारण उद्योग बाणिज्य संघको भवन तलबाट म्याग्दी जेसिज भवन सम्मको करिव डेढसय मिटर पक्की सिमेन्टेट पर्खाल पूर्णरुपमा कालिगण्डकी नदीले बगाएको छ । गत आर्थिक वर्षमा […]

छात्रा फुटबल प्रतियोगिताको उपाधी माउण्टलाई

विकल्प न्यूज/बेनी भदौ २७ गते । बेनीमा मंगबार सम्पन्न अन्तर माध्यमिक विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधी माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ । गलेश्वर आदर्श माविलाई शून्य का विरुद्ध दुई गोलले हराउँदै माउण्टले जिल्ला खेलकुद कप २०७५ को उपाधि जितेको हो । प्रतियोगिताको बिजेता र उपबिजेता विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद २० […]

‘मरेका छन् महिलाहरु बलात्कारी पापीले, अन्धकारलाई त्याग्नुपर्छ अब हामीले’

प्रताप बानियाँ /बेनी भदौ २७ गते । म्याग्दीका महिलाहरुले तीज गीतबाटै महिला हिंसा विरुद्धको आवाज उठाएका छन् । उनीहरुले तीजको गीतमार्फत देशमा बढ्दै गैरहेको महिला हिंसा, बलात्कार, अन्याय, अत्याचार, थिचोमिचो, दाइजो, घरेलु तथा लैङ्गिक हिंसाको विरुद्ध बोलेका हुन् । (तीजको दरखाने दिन) मङ्गलबार म्याग्दी सदरमुकाम बेनीमा आयोजित खुल्ला तीजगीत प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रममा सहभागिता […]

आज हरितालिका तीज, पुरुषले पनि व्रत बस्न सक्ने

२७ भदौ, काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न […]

बेगगाउँको चिनारी सालैजो बजारमा … (भिडियो सहित)

विकल्प न्यूज/बेनी भदौ २७ गते । हरितालिका तीजको अवसर पारेर रघुंगा गाउँपालिका १ बेगखोलाको चिनारी सालैजो भाकाको गीत सार्वजनिक भएको छ ।  बेगखोला रमाइलो दोहोरी साँझले म्यूजिक भिडियोलाई  युटुब मार्फत बजारमा ल्याएको हो । भिडियोमा गगन पुन र खिमा गर्बुजाले स्वर दिनुभएको छ भने शब्द सुशिल तिलिजाको रहेको छ । भिडियो छायङ्कन कमल पुनले गर्नुभएको […]

छात्रा फुटबल प्रतियोगितामा माउन्ट र गलेश्वर मावि फाइनलमा प्रवेश

विकल्प न्यूज/बेनी भदौ २६ गते ।  महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा आयोजना गरिएको अन्तर माध्यमिक स्तरीय छात्रा फुटबल प्रतियोगितामा माउन्ट एभरेष्ट आवासीय मावि र गलेश्वर आदर्श अवसीय माध्यामिक विद्यालय गलेश्वर फाइनलमा प्रवेश गरेका छन् । सोमवार भएको खेलमा माउन्टले न्यू वेष्ट प्वाइन्टलार्इृ शुन्यका विरुद्ध १ गोल गरेर फाइनलमा प्रवेश गरेको हो […]

अपडेट ः माविस्तरीय छात्रा फुटबल प्रतियोगिता

विकल्प न्यूज/बेनी भदौ २५ गते । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’÷‘हामी सक्छौं’ भन्ने मूल नारासहित म्याग्दीमा सोमबारदेखि छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । हिन्दु नेपालीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर जिल्ला खेलकुद विकास समिति म्याग्दीद्वारा दोस्रो संस्करण अन्तर्गत अन्तर माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना गरिएको हो । म्याग्दी जिल्ला खेलकुद रनिङ […]

बेनीमा छात्रा फुटबल प्रतियोगिता सुरु(फोटोसहित)

विकल्प न्यूज/बेनी भदौ २५ गते । महिलाहरुको महान पर्व हरितालिका तीज अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारमा छात्रा फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सोमबार देखि छात्रा फुटबल प्रतियोगिता सुरु भएको हो । माध्यमिक स्तरीय छात्रा फुटबल प्रतियोगितामा १२ विद्यालयले भाग लिएका छन् । यो दोस्रो संस्करण हो । फुटबल प्रतियोगिताको उदघाटन […]

मालिकाको प्रचुर पर्यटकीय संभावना

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज भदौ २५ गते । म्याग्दी जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित मालिका पर्यटकीय संभावनायुक्त गाउँपालिका हो । मालिकाको केन्द्र दरवाङ बजार हो । दरवाङलाई जिल्लाको दोस्रो सदरमुकाम भन्ने गरिन्थ्यो । पश्चिम क्षेत्रका अधिकांश गाउँहरुको व्यापरिक केन्द्र दरवाङ बजार हो । पछिल्लो समय चर्चामा आएको गुरिल्ला पदमार्ग र सन्सारकै सातौं अग्लो धौलागिरि हिमालको प्रवेशद्धार […]

सुरेशको उपचारका लागि इराकबाट एकलाख सहयोग

विकल्प न्यूज/बेनी भदौ २४ गते । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि इराकमा रहेका म्याग्देलीहरुले आर्थिक सहयोग पठाएका छन् । बेनी नगरपालिका ६ चुत्रेनी निवासी कृष्ण मल्लको सक्रियतामा इराकमा रहेका नेपालीहरुको सहयोगबाट संकलन भएको एकलाख रुपियाँ आइतवार सुरेश बचाउ अभियान सञ्चालन गर्दै आएको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई हस्तान्तरण गरिएको छ । […]