छात्रा फुटबल प्रतियोगितामा माउन्ट र गलेश्वर मावि फाइनलमा प्रवेश

विकल्प न्यूज/बेनी
भदौ २६ गते ।  DSC_0276महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा आयोजना गरिएको अन्तर माध्यमिक स्तरीय छात्रा फुटबल प्रतियोगितामा माउन्ट एभरेष्ट आवासीय मावि र गलेश्वर आदर्श अवसीय माध्यामिक विद्यालय गलेश्वर फाइनलमा प्रवेश गरेका छन् ।

सोमवार भएको खेलमा माउन्टले न्यू वेष्ट प्वाइन्टलार्इृ शुन्यका विरुद्ध १ गोल गरेर फाइनलमा प्रवेश गरेको हो । बुद्ध एकेडेमी र गलेश्वर आदर्श मावि विच भएको खेलमा गलेश्वरले बुद्धलाई १ का विरुद्ध ३ गोल गर्दै फाइनलमा प्रवेश गरेको छ ।

यस्तै सोमवार भएका खेलहरुमा लिटिल गार्डेन एकेडेमी र बुद्ध एकेडेमी बगरफाँट विच भएको खेलमा लिटिल गार्डेन ०– २ ले पराजित गरेको थियो ।
बेनी वोर्डिङ र वेष्ट प्वाईन्ट विच भएको खेलमा वेष्ट प्वाइन्टले बेनी बोर्डिङलाई शुन्यका विरुद्ध ५ गोल गरेको थियो ।
म्याग्दी बहुमुखी क्याम्पस र माउन्टका विच भएको खेलमा माउन्टले शून्य विरुद्ध १ गोल गरेको थियो ।
बेनी सामुदायिक र गलेश्वर आदर्श मावि विच भएको खेलमा पनि गलेश्वरले बेनी सामुदायिकलाई शुन्य विरुद्ध ४ गोल गरेको थियो ।
म्याग्दी एकेडेमी र बुद्ध एकेडेमी विच भएको खेलमा बुद्ध एकेडेमीले म्याग्दी एकेडेमीलाई शून्यका विरुद्ध एक गोल गर्न सफल भएको थियो ।
मंगलबार विहान ८ बजे जिल्ला खेलकुद विकास समितिका पदाधिकारी र खेल शिक्षकहरु विच मैत्रीपूर्ण खेल हुने र त्यसपछि फाइन खेल खेलाइने खेलकुद विकास समितिका अध्यक्ष कृष्ण वहादुर विश्वकर्माले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद २० हजार, द्धितिय १२ हजार, ट्रफी मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई जनही २५ सय र अनुशासित टिमलाई चारहजार रुपियाँ मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको खेल संयोजक तथा खेलकुद विकास समितिकी सदस्य मनकुमारी विकले बताउनुभयो ।