ताजा समाचार:
Search

म्याग्दी मिडिया सोसाईटीको प्रथम बार्षिक साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी
भदौ २९ गते ।
जिल्लामा सञ्चालनमा रहेका सञ्चारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाइटीको प्रथम बार्षिक साधारणसभा बेनीमा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गदैं जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसीले म्याग्दीको विकासका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भमिका रहेको बताउनुभयो । उहाँले जिल्लामा क्रियाशिल पत्रकारको क्षमता वृद्धि र सञ्चारमाध्यमको संस्थागत विकासका लागि स्थानीय सरकार लगायत अन्य संघसस्थाहरुले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।

जिससको भूमिका समन्वयकारी भएकाले स्थानीय तहसहित जिल्लाका सरकारी निकायसंग सहकार्यको वातावरण बनाउन आफूहरुले पहल गर्ने बताउनुभयो । सोसाईटीको संस्थागत विकासका लागि स्थानीय तहसंग सहकार्य गर्न उहाँले सुझाव दिनुभयो ।41729586_1939776526086091_3513821051047903232_oनेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता एवम् पूर्व सांसद गोविन्द पौडेल,नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक सभापति माधवप्रसाद रेग्मी, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जिल्लामा क्रियाशिल पत्रकारको रचनात्मक भूमिका रहेको बताउनुभयो । ‘सत्यतथ्य सूचना बाहिर ल्याउँदा कसैबाट त्रसित हुनुपदैन्,‘समाज रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ’ प्रजिअ अधिकारीले भन्नुभयो । विपद् ब्यवस्थापन र शान्ति सुरक्षामा सहकार्यको अपेक्षा गरेको प्रजिअ अधिकारीको भनाई थियो ।

सोही अवसरमा पत्रकार महासंघ म्याग्दीका सभापति तारानाथ शर्माले क्रियाशिल पत्रकारले स्थापना गरेका सञ्चारगृहको संलग्नतामा सोसाईटी गठन भएको बताउँदै महासंघले सहयोग गर्ने बताउनुभयो । उहाँले जिल्लामा पत्रकारितामा नयाँ पुस्तालाई आर्कषित गर्न सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।

साधारणसभामा म्याग्दीकाली सञ्चार सहकारीका अध्यक्ष प्रमोद श्रेष्ठ, म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्ष बालकृष्ण सुबेदी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य, गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

स्थापनाकालको छोटो समयमा जिल्लामा रहेका स्थानीय तहसंग सहकार्य गरी सार्वजनिक सुुनुवाई, बृत्तचित्र निर्माणमा कुल १८ लाख ७३ हजारको आर्थिक तथा संस्थागत गतिविधि सहित कार्यवाहक अध्यक्ष कमल खत्रीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थियो । सोही अवसरमा धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष एवम् प्रवक्ता झकप्रसाद छन्त्यालले मिडियाकर्मी हितकोषमा ५ हजार पाँचसय सहयोग गर्नुभएको छ । 41729984_2274738339222133_5083676712072380416_oसाधारणसभाले नगद ५ हजार सहित मिडिया अवार्डबाट सञ्चारकर्मी अमृत विश्वकर्मालाई पुरस्कृत गरेको थियो । साधारणभाको अध्यक्षता कमल खत्री, स्वागत कोषाध्यक्ष ठाकुरप्रसाद आचार्य र सञ्चालन सोसाइटीका सचिव अमृत विश्वकर्माले गर्नुभएको थियो ।

यसैबीच साधारणसभाले संस्थाका अध्यक्ष गोपाल छन्त्याल बैदेशिक रोजागारीको सिलसिलामा अस्ट्रेलिया गएपछि रिक्त रहेको अध्यक्ष पदमा कमल खत्री र उपाध्यक्षमा हरिकृष्ण गौतमलाई सर्वसम्मतिले चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष खत्रीले दुर्घटना र विरामी परेका मिडियाकर्मीहरूलाई सहयोग गर्ने उद्देश्यले स्थापित १ लाखको कोषलाई ५ लाख पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।

गत आवमा मंगला, मालिका, धौलागिरी, अन्नपूर्ण र रघुगंगा गाउँपालिकाको डकुमेन्ट्री र सार्वजनिक सुुनुवाई, मालिका दर्पण प्रकाशित गर्दा तथा दृष्य संकलनमा खटिएका पत्रकारले प्राप्त गर्ने पारिश्रमिकको रकमबाट कट्टी गरि कोष स्थापना गरिएको थियो ।