वेष्ट पोइन्टका विद्यार्थीले ड्रोन उडाए

विकल्प न्यूज/बेनी
भदौ २८ गते ।2न्यु वेष्ट पोइन्टका विद्यार्थीले ड्रोन निर्माण गरेका छन् । करिब २ महिनाको निरन्तर अभ्यास पछी उनले सो ड्रोन निर्माण गरि सफल परिक्षण गरेका हुन् ।

विद्यालयमा कक्षा ९ सेक्सन सी मा अध्ययन गर्ने रोशन रिजालले विद्यालयको शुक्रबारको प्रार्थना सभामा सफल उडान गरेका हुन् । करिब ४० हजारको लागतमा सामान खरिद तथा प्रोग्रामिंग पछी ड्रोन निर्माण गरेको उनले बताएका छन् । गत वर्ष विद्यालयमा संचालन भएको तालिम पछी धेरै विद्यार्र्थीहरुले यस्ता बस्तु निर्माण गर्ने गरेका छन् ।

पढाइमा अब्बल र विज्ञान विषयमा धेरै अभिरुची राख्ने रिजालले यो ड्रोन सफलता पछी छिट्टै नै रोबोर्ट बनाउन लागेको कुरा बताएका छन् । उनलाई ड्रोन उडाउन उनलाई कक्षाका साथी अभिषेक आचार्यले सहयोग गरेका थिए । गत वर्ष विद्यालयले रजत वर्ष मनाइ रहंदा आयोजना गरेको बृहत बिज्ञान प्रदर्शनीमा हाईडोलिक एक्साभेटर, वासिंग मेसिन, वाटर बोट लगायतका बस्तुहरु निर्माण गरेका थिए ।

कतिपय सामान काठमान्डूबाट मगायन पर्ने अबस्था र प्रोग्रमिंग गरेर त्यसलाई बनाउनु सामान्य कुरा नरहेको कुरा बिज्ञान शिक्षक रमेश भण्डारीले बताउनुभयो ।

एउटा कलिलो दिमागले प्रोग्रमिंग गरेर यस्ता बस्तु बनाउनु भनेको निकै उत्कृष्ट र सृजनाशिलाताको उपज रहेको विद्यालयका प्रिन्सिपल बिना झाले बताउनु भएको छ । अबको शिक्षा भनेको ब्यबहारिक र प्रयोगात्मक भएकोले यस्ता कार्यले विद्यार्थीलाई प्रबिधि मैत्री बनाउन सजिलो रहेको मिडिया संयोजक कृष्ण जिसीले बताउनु भयो ।

हाइ मेगापिक्सल क्यामेरा समेत जडान गरेर बनाइएको सो ड्रोन फोटो र भिडियोग्राफी समेत गर्न सकिले खालको रहेको छ । अव आयोजना हुने बिज्ञान प्रदर्शनीमा ड्रोन र रोबोटको प्रदर्शनी गर्ने रोशन रिजालले बताएका छन ।