समाचार

खोप्रामा पर्यटकको चहलपहल वढ्यो(फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज खोप्रा,कार्तिक ८ गते ।        म्याग्दीको अन्पूर्ण गाउँपालिका ५ पाउद्धारको टुप्पोमा रहेको खोप्रालेकमा पर्यटकको चहलपहल वढेको छ । पर्यटन सिजन सुरु भएलगत्तै खोप्रालेकमा आउने आन्तरिक एवम् वाह् पर्यटकको संख्यामा वृद्धि भएको हो । आकर्षक पर्यटकीय गन्तव्यका रुपमा देशविदेशमा खोप्रालेकले चर्चा पाउन थालेपछि यहाँको भ्रमणमा आउने पर्यटको संख्या बढ्न थालेको छ । खोप्रालेकबाट […]

स्वर्गीय पौडेलको जिवनगाथा ‘स्मृतिग्रन्थ’ बिमोचन

विकल्प न्यूज/बेनी कार्तिक ८ गते । म्याग्दीका अग्रज कवि तथा पण्डित स्व. प्रेमप्रकास पौडेलको बार्षिकीको अवसरमा ‘स्मृतिग्रन्थ’ स्मारिका विमोचन गरिएको छ । स्वर्गीय पौडेलको जिवनगाथालाई समेटेर उनका छोराहरु गोविन्द, मनोज र ठाकुर पौडेलको घरपरिवारले स्मृतिग्रन्थ स्मारिका प्रकाशन गर्नुभएको हो । स्वर्गीय पौडेलको प्रथम पृति कार्यको दिनमा बुधवार स्मृतिग्रन्थको बेनी स्थित कुरिलाखर्कमा आयोजित एक कार्यक्रममा हिन्दु […]

स्वर्गाश्रमको विकासमा स्थानीयको सक्रियता

विकल्प न्यूज/बेनी कार्तिक ७ गते । बेनी नगरपालिकाको भकिम्ली–३ मा अवस्थित स्वर्गाश्रम पूर्वाधार विकास र प्रचारप्रसारमा स्थानीयहरुले चासो देखाएका छन् । प्रचारप्रसारको कमिले अझेलमा परेको स्वार्गाश्रमलाई प्रचारप्रसार गरि पर्यटन प्रवद्र्धनमा स्थानीयहरु जुट्न थालेका छन् । समुन्द्री सतहदेखि झण्डै २ हजार ५ सय मिटरको उचाइमा अवस्थित स्वर्गाश्रममा आवश्यक पूर्वाधारको विकास हुन नसक्दा ओझेलमा परेको वडा अध्यक्ष […]

बागलुङ र म्याग्दीको मैत्रीपूर्ण भेला, ७ बुँदे स्वर्गाश्रम घोषणा पत्र जारी

विकल्प न्यूज/बेनी कार्तिक ७ गते ।  बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा र म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीका बासिन्दाको संयुक्त भेलाले ७ बुँदे स्वर्गाश्रम घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रमा दुवै जिल्ला जोड्ने मोटरबाटो निर्माण गर्न दुवै तर्फको प्रतिनिधित्व हुने गरि सडक तथा पर्यटन विकासका लागि समन्वय र उपयुक्त बातावरण तयार गर्न समिति गठन […]

लोप्रे गाउँको म्युजिक भिडियो

 विकल्प न्यूज/बेनी कार्तिक ७ गते ।पर्वतको जलजला गाउँपालिका ५ स्थित लोप्रे गाउँको प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारिएको भ्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ । लोप्रे गाउँको प्राकृतिक सौन्दर्य, संस्कार, संस्कृति, धर्म तथा परम्परालाई समावेश गरेर छोरी छोरीको मनोभावनामा आधारीत रहेर न्यू सृष्टि युवा क्लवले निर्माण गरेको म्युजिक भिडियोलाई हाईलाईट्स नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको […]

दसैंको शुभकामना (सम्पादकीय)

विकल्प न्यूज/बेनी असोज ३१ गते । प्रत्येक वर्ष झै यसपाली पनि नेपालीहरुले मनाउने महान पर्व दसैं सुरु भएको छ । दसैले गर्दा गाउँघरमा चहलपहल बढेको छ । परदेश पुगेकाहरु दसै मनाउन घर फर्किन थालेका छन् भने सहरपसेकाहरु पनि आफ्नो जन्म गाउँ पुग्न थालेका छन् । दसै नेपालीहरुको एक मौलिक चाढ हो । दसैको फरक मौलिकता […]

दशैँ र तिहारको फुर्सदमा म्याग्दी घुम्न आमन्त्रण

विकल्प न्यूज/बेनी असोज ३१ गते । दशैँ र तिहारको बिदा समयमा म्याग्दी भम्रण गरी रमाउन चाहनुहुन्छ भने अहिले उपयुक्त समय हो । म्याग्दी उद्योग वाणिज्य सङ्घको अगुवाइमा यस वर्षलाई ‘म्याग्दी भ्रमण वर्ष – २०७५’ को रुपमा मनाउन शुरु गरिएको छ । हिमालपारिको जिल्ला मुस्ताङको प्रवेश द्वारको रुपमा रहेको म्याग्दीमा लामो तथा छोटो यात्रामा पुगिने पर्यटकीय […]

म्याग्दीका कोतघरहरुमा फुलपाती भित्राइयो (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज असोज ३० गते ।        नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन म्याग्दीका कोत एवं हिन्दुधर्मावलम्बीले आ–आफ्नो घरमा फूलपाती भिœयाएर मनाएका छन् ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र […]

म्याग्दीको प्रचारका लागि गीत र म्युजिक भिडियो

विकल्प न्यूज/बेनी असोज ३० गते । म्याग्दीको धार्मीक, पर्यटन, कला र संस्कृतिलाई समेटेर गीत र म्युजिक भिडियो बनाइएको छ । लोक दोहोरीगीत म्याग्दीको बयानको म्युिजक भिडियो सार्वजनिक भएको छ । धौलागिरी गाउँपालिका ७ ताकम घर भई हाल अमेरीका बस्दै आउनुभएका तेजेन्द्र केसी (राहुल)ले म्याग्दी भ्रमण वर्ष २०७५ लाई सहयोग पु¥याउने उद्देश्यले म्युजिक भिडियो बनाउनुभयो । […]

शिक्षा, स्वास्थ्य तथा रोजगारलाई प्राथमिकता ः मन्त्री पुन

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असोज २९ गते । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले राज्यले शिक्षा, स्वास्थ्य र युवा स्वरोजगारलाई प्राथमिकता दिनुपर्ने बताइन् । सोमबार म्याग्दी जिल्लामा क्रियाशिल पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले शिक्षा, स्वास्थ्यका साथै रोजगारलाई उच्च प्राथमिकता दिइएको बताएकी हुन् । मन्त्री पुनले राज्यले शिक्षा, स्वास्थ्य र युवा रोजगारका […]

नेकपा म्याग्दीद्वारा चियापान कार्यक्रमको आयोजना

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असोज २९ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र म्याग्दीको आयोजनामा सोमबार सदरमुकाम बेनीमा चियापान कार्यक्रम सम्पन्न भएको छ । पार्टी एकताको ऐतिहासिक सन्दर्भको अवसरमा विजयादशमी तथा शुभदिपावली र छठपर्वको शुभकामना आदानप्रदानसहित चियापान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सांसद भूपेन्द्रबहादुर थापाले प्राकृतिक […]

पुनहिलमा पर्यटकको भीड

विकल्प न्यूज/बेनी असोज २९ गते ।  अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित जिल्लाकै प्रमुख पर्यटकीयस्थल पुनहिलमा पर्यटकको भीड बढेको छ । घोडेपानीको शिरमा समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न असोज लागेदेखि नै पर्यटकको आगमन बढेको हो ।   अहिले दैनिक ४०० देखि ७०० सम्म पर्यटक आउने गरेको पुनहिलका व्यवस्थापक वीरेन […]

शान्तिकोषलाई मोना फ्रान्सद्धारा ३ लाख सहयोग

विकल्प न्यूज/बेनी असोज २९ गते । रोजगारीको शिलशिलामा फ्रान्समा रहेका म्याग्देलीहरुले गठन गरेको मोना फ्रान्सले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई ३ लाख रुपियाँ सहयोग गरेका छन् । सहयोग जुटाउन युरोप भ्रमणमा निस्केको शान्तिकोषको टोलीलाई मोना फ्रान्सका अध्यक्ष हेम बानियाँ र अन्य पदाधिकारीहरुले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरेका हुन । कोषको विधान अनुसार […]

नयाँ पदमार्गको खोजीमा राष्ट्रियसभा अध्यक्ष र पर्यटनमन्त्री

पर्वत, असोज २९ गते ।     पर्वतको मोदी गाउँपालिकामा पर्ने रमणीयस्थल भमरकोटमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीदेखि प्रतिनिधिसभाका सांसद पदम गिरीसम्म बास बस्ने गरी पुग्नुभयो । भर्खर पदयात्रा मार्गका रुपमा विकास गर्न लागिएको भमरकोटमा देउपुरदेखि पैदल हिँडेर चिसो र झरीमा रुझ्दै अध्यक्ष तिमिल्सिनासहित पर्यटनमन्त्रीले रात काट्नुभयो । बिहान उठेपछि सूर्योदय हेरेर […]

मंगलाको वडामा नेकपाको संयन्त्र

विकल्प न्यूज/बेनी असोज २८ गते । मंगला गाउँपालिकाका वडा स्तरमा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संयन्त्र विस्तार भएको छ । जिल्ला संयन्त्रका सदस्य देवराज सुवेदीको अध्यक्षता र अर्का नेता हरिकृष्ण श्रेष्ठको उपस्थितीमा बाबियाचौरमा बसेको गाउँपालिका स्तरीय संयन्त्रको बैठकले ५ वटै वडामा संयन्त्र गठन गरेको हो । कुहुँमा डेगबहादुर राम्जाली, एकजित रोका, पृथीलाल बि.क, केशव शेरपुञ्जा, […]